सङ्खुवासभा सामुहिक हत्याकाण्डका एक आरोपी पक्राउ, हत्या आफन्तबाटै भएको पुष्टि नजिक

सङ्खुवासभा सामुहिक हत्याकाण्डका एक आरोपी पक्राउ, हत्या आफन्तबाटै भएको पुष्टि नजिक
युरोपनेपाली खबर २०७८ भदौ २६ शुक्रबार, 11-09-2021


युरोपनेपाली खबर । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लाेकबहादुर कार्की रहेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । उनको घर कार्की परिवारको घरको सबैभन्दा नजिक रहेको डिआइजी बिसीले जानकारी दिए ।

​सिआईबीसमक्ष अपराध कबुल

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो । घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि खटिएका थिए । यद्यपि घटनास्थलमा खटिएका प्रहरीले भने यस सम्बन्धमा केही बताउन चाहेका छैनन् । 

ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त भएको हो । यसअघि बैतडीमा भएको भागरथी हत्या प्रकरण र बझाङमा भएको सम्झना विकको हत्या अनुसन्धानमा पनि सिआईबीले नै अनुसन्धान गरेको थियो । 

अभियुक्तलाई आइतबार चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरिरहेको स्रोतले बतायो ।                                                                                                                  "हेपाइ सहन नसकेर" ६ जनाको नरसंहार" 

हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । 

‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतले रातोपाटीसँग भने– ‘तर, आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको छ ।’  यद्यपि प्रहरीले आवेशमा आएर हत्या गरिएको भने पनि यो घटना आवेश प्रेरित हत्या हो कि मनासाय प्रेरित हत्या हो भन्ने खुलेको छैन । 

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । 

शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए । 

हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाइ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर हत्या गरे ।

आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । मृतक सवैको टाउकोमा चोट लागेको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित