नेपाली पोर्चुगिस समाज नर्वेको अधिवेशन सेप्टेम्बर १९ मा

नेपाली पोर्चुगिस समाज नर्वेको अधिवेशन सेप्टेम्बर १९ मा
युरोपनेपाली खबर २०७८ भदौ २६ शुक्रबार, 11-09-2021


युनेख, नर्वे । आगामी २०२१ सेप्टेम्बर १९ तारिक Sunday नेपाली पोर्तगिज समाज नर्वे (नेपोस) क़ो आसन्न चौथो अधिबेशन ओस्लो स्थित Songsvann मा हुने भएको छ । 

"जन्मभूमि र कर्मभूमिको बिशेष पहिचान" सबै मिली समाजको सेवा गर्ने हाम्रो अभियान " भन्ने मूल नारा लिएर २०१३ मा स्थापना भएको यो एक बिसुद्व ग़ैर राजनीति सामाजिक संस्था हो । दैनिक जिबिकोपार्जनको क्रममा पोर्तुगलबाट राहदानी प्राप्त नेपाली मुलका पोर्तुगिज नागरिक र परिबारसंग सम्बंधित सदस्य समेत रहेको यस संस्था हाल ३५०  संख्यामा रहेका छन् र  दैनिक बढ़ने क्रम जारी छ ।

गत बर्ष देखी कोभिड १९ को असहज परिस्थिति को कारण स्थगित भएको अधिबेशनको सम्पूर्ण कार्य पुरा भएको संस्थाका महासचिव नारायण सिंह थापाले जानकारी दिनु भएको छ । 

नर्वे स्थित नेपाली समाजमा स्थापित संघ संस्थामा सबै भन्दा धेरै सदस्य संख्या रहेको यस संस्था को अधिबेशनमा सहमतिको माध्यम  वा निर्वाचन प्रक्रिया भन्ने एकीन गर्न सकिने अवस्था रहेको छैन । 

अध्यक्ष पदको प्रत्यासीमा हाल सम्म २ आकांक्षी मैदानमा आऊने चर्चा छ संस्थाको बरिस्ठ उपाध्यक्ष चन्द्र प्रसाद गिरी र महासचिव नारायण सिंह थापा । 

समूहमा अग्र स्थानमा थापा देखिएका छन भने गिरी मौन देखिनु भएको छ । साथै युवा संयोजक राजन परियार आऊने प्रबल सम्भावना छ भने अन्य पदाधिकारी को को भन्ने एकीन हुन सकेको छैन । संस्थाका संरक्षक तथा निर्वाचन कमिटिका सदश्य समेत रहेका हरी बहादुर बानियाले अधिबेशन सहज र सहमतिको माध्यम बाट अपनाउदा संस्था अझ स-शक्त र संस्थाको हितमा  हुने सल्लाह दिनु भएको छ । 

निर्वाचन कमिटीमा प्रेम परियारको संयोजक रहेको ३ सदस्य हरीबहादुर बानिया र बिष्णु गौतमको संयुक्त पहलमा समय भित्रै आफ्नो दर्ता गरि निर्वाचन कमिटीलाई अधिनेशन सम्बन्धी अन्य कार्य गर्न सहज गर्न र अधिबेशन सफल पार्न सबैमा अनुरोध गर्दै दरखास्त आव्हान गरिएको छ भने कही आकांक्षीहरू आफ्नो प्रचार प्रसार तिब्र पार्न दौड़धूप गर्दै छन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित