एनआरएनएको ५ लाख सदस्य र १ सय राष्ट्रिय समिति पुर्याउने आचार्यको योजना

एनआरएनएको ५ लाख सदस्य र १ सय राष्ट्रिय समिति पुर्याउने आचार्यको योजना
युरोपनेपाली खबर २०७८ भदौ २७ शनिबार, 11-09-2021


युनेख, काठमाडौँ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन आफ्नो सर्वोच्च प्राथमिकता हुने जनाएका छन् ।

आफ्ना मुख्य  कार्ययोजनाहरु  सार्वजनिक गर्दै आचार्यले भने, "तेस्रो पुस्ता पछिका गैरआवासीय नेपालीहरुको नेपालमा पैत्रिक सम्पत्तिको अधिकार सुरक्षित गर्ने त्यस्तै राहदानी तथा नागरिकताको अधिकार स्थापित गर्ने मेरो  योजना छ ।"

आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा गर्ने योजना सार्वजनिक गरेका हुन् ।झण्डै दुई दशक एनआरएन अभियानमा सक्रिय आचार्यले भने,  ‘म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदीबहिनीहरुलाई ’पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्नेछु ।"

उनले  सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताए  । "प्रवासमा रहेका नेपालीहरुको सीप, पूँजी र प्रविधि नेपाल र नेपालीको हितमा परिचालन गर्न मैले संस्थागत पहल गर्ने छु।  त्यस्तै सबै एनसीसीहरुलाई सबल र अधिकार सम्पन्न बनाउन पनि मैले काम गर्ने छु," उनले भने।

'सदस्य संख्या पाँच लाख पुर्याउने'

आगामी दुइ वर्ष भित्र संघका पन्जीकृत सदस्यहरुको संख्या पाँच लाख पुर्याउने योजना पनि आचार्यले सार्वजनिक गरेका छन्। अहिले संघमा १ लाख बढी सदस्यहरु रहेका छन्।

आगामी २ वर्ष भित्र संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या एक सय पुर्याउने पनि उनले बताए  । हालसम्म ८४ देशमा एनआरएन स्थापना भएपनि बीस भन्दा बढी एनसीसी निष्कृय रहेका छन् ।

नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकासकेन्द्र’ स्थापना गरिने बताउदै  आचार्यले कोभिडका कारण रोजगारी गुमाएरफर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने  घोषणा पनि गरेका छन् ।

गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्कीरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरु  संचालन गरिने पनि जनाए  ।

गैरआवासीय नेपालीहरुको खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने  पनि उनको योजना छ ।

यसअघि नै एनआरएनएका विभिन्न पद र निकायमा रहेर काम गरिसकेका आचार्यले हालसम्मको अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरुलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताए । उनले आफ्नो उम्मेदवारीबारे छिट्टै एक कार्यक्रम मार्फत औपचारिक घोषणा गर्ने पनि जनाए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित