एनआरएनए अब नवीन सोचका युवा र उद्यमशील व्यक्तिहरुले सम्हाल्नुपर्छ : महासचिव डा. शर्मा

एनआरएनए अब नवीन सोचका युवा र उद्यमशील व्यक्तिहरुले सम्हाल्नुपर्छ : महासचिव डा. शर्मा
युरोपनेपाली खबर २०७८ भदौ २८ आइतबार, 12-09-2021


लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले संघ अब नवीन सोच भएका युवाहरुले चलाउने समय आएको बताए । 

एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र गैरआवासीय संघका भावी कार्यक्रमबारे शनिबार पत्रकारहरूसगको अन्र्तक्रियामा डा. शर्माले संघका पुराना नेताहरू बढी राजनीतिक दलसग आवद्ध भएका वा उनीहरुलाई गुहार्ने गरेकाले समस्या निम्तिएको बताए । 

पछिल्लो समय एनआरएनएमा राजनीतिक जालझेल बढेकाले पनि युवा तथा व्यावसायिक व्यक्तिहरुको उल्लेख्य संलग्नता नभएको केसीको भनाइ छ । डा. केसीले भने, ‘यो गैरआवासीय नेपाली संघको धेरै अघिदेखिको समस्या हो । महिला तथा युवाको र व्यावसायिक व्यक्तिहरुको सहभागिता न्यून छ । दोस्रो पुस्ता नेतृत्वमा आउन सकेको छैन । त्यसको मुख्य कारण चुनावी विकृति हो ।’

डा. शर्माले कार्यशैलीका आधारमा अब एनआरएनए रुपान्तरणको प्रक्रियमा रहेको र त्यसका लागि वर्तमान कार्यसमितिले पहले गरेको बताए । ‘उप्रेन्द्र महतो, शेष घलेलगायत संस्थापक नेताहरू अब संघमा सक्रिय हुनुहुन्न । त्यसैले अब अर्को पुस्ता रुपान्तरित हुनैपर्छ ।’ 

विगतमा काठमाडौंमा चुनाव गर्ने र राजनीतिक हस्तक्षेप निम्त्याउने काम भएको भन्दै डा. शर्माले आगामी दिनमा त्यो रोकिनुपर्ने बताए । ‘हामी नेतृत्व भ्रममा प¥यौं । जसरी पनि चुनाव जित्नैपर्छ भन्नेमा लाग्यौं,’ उनले भने, ‘अब त्यस्तो भ्रमबाट मुक्त हुनैपर्छ । सदस्यता बढाउ“दा विकृति आयो भन्दै त्यसलाई चुनावसँग जोडेर हेरियो । आफ्नै घरबाट आफ्नै डिभाइसमार्फत् चुनाव गराएको भए सदस्यता बढ्थ्यो । चुनावपनि निष्पक्ष हुन्थ्यो ।’

पछिल्ला दिनहरुमा आर्थिक विकासका लागि १० अर्बको परियोजना, एनआरएनए फाउन्डेसनको स्थापना र नागरिकतालगायतका विषयमा कामले गति लिएको डा. केसीले बताए । संघका हालका संरचनालाई थप चुस्त बनाउ“दै, अधिवेशन पारदर्शी बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । 

डा. शर्माले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विगतमा निकै मनोमानी हुने गरेको जनाउ“दै यसपाली त्यस्तो हुन नदिएको बताए । ‘डेलिगेट कसरी छान्ने गरिन्थ्यो, जगजाहेर नै छ । विगतमा त्यसलाई चेक गर्ने कुनै संयन्त्र नभएका कारण यसपालिदेखि पारदर्शी हुनुपर्छ भनेर लागेका हौं ।’ उनले राष्ट्रिय संघमार्फत छनोट हुने ६५ प्रतिशत प्रतिनिधि जसले छाने उही हुने बताए ।

‘डेटाबेस छ । कसैले झुक्काएको खण्डमा र प्रक्रिया अनुसार चयन नभएको खण्डमा हामी रद्द गरिदिन्छौं र गरिरहेका छौं ।’ उनले प्रतिनिधिको सूचीमा कोही छुटेको भए बखेडा नबनाउन आग्रह गर्दै विधानअनुसार नाम समावेश गर्न सकिने जनाए । उनका अनुसार ४३ देशमा सर्बसम्मत प्रतिनिधि चयन गरिएको र अन्य देशमा पनि विवाद नरहेको बताए । ‘४ वटा देशमा भने हामीले गर्न खोजेको र चाहेको भन्दा फरक चुनाव भएकाले विवाद भयो,’ डा. शर्माले भने ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित