एनआरएनएमा राजनैतिक हस्तक्षेप प्रयासको डटेर मुकाबिला गर्छौं, आवश्यक परे संस्था जोगाउन अदालत जान सक्छौं : एनआरएनए अध्यक्ष पन्त

एनआरएनएमा राजनैतिक हस्तक्षेप प्रयासको डटेर मुकाबिला गर्छौं, आवश्यक परे संस्था जोगाउन अदालत जान सक्छौं : एनआरएनए अध्यक्ष पन्त
युरोपनेपाली खबर २०७८ भदौ २९ सोमबार 13-09-2021


पोर्चुगल । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको निर्वाचन अक्टोवर २० तारिख गर्ने बटमलाइन भएको बताएका छन् ।

नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले निर्वाचन सम्बन्धी प्रकृया रोक्नु भनि दिएको निर्देशन पछि पन्तले दिएको एक अन्तर्वार्तामा भनेका छन्   हेर्नुहोस् अन्तर्वार्ता  एनआरएनको निर्वाचन अक्टोवर २० मा हुन्छ र हुनुपर्छ । तोकिएकै समयमा निर्वाचन गर्ने हाम्रो बटमलाइन हो भनेका छन् ।

पन्तले सरकारसंग छलफल गरिने तर  समाधान ननिस्के कानुनी उपचार खोज्ने बतए ।

‘बैठकको सुरुमै मैले परराष्ट्रको पत्र र अनौपचारिक छलफलबारे जानकारी गराएको हुँ । अदालत गइहाल्नुपर्छ भन्ने कुनै पनि साथीको सुझाव थिएन । त्यस्तो परिस्थिति पनि बनिसकेको छैन । छलफल गर्दा पनि समाधान निस्केन भने कानुनी उपचारमा जानेबारे अध्ययन गर्नेछौं ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित