बेलायतबाट अनलाइन पत्रिका डायस्पोरानेपालको प्रकाशन शुरु

बेलायतबाट अनलाइन पत्रिका डायस्पोरानेपालको प्रकाशन शुरु
युरोपनेपाली खबर २०७८ भदौ २९ सोमबार 13-09-2021


लण्डन - बेलायतबाट अनलाइन न्युज पोर्टल 'डायस्पोरानेपाल डटकम'को शुभारम्भ भएको छ । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष कुमार पन्तले वेबसाइट लग इन गरेर  संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

आइतबार  डायस्पोरानेपालको औपचारिक उद्घाटनपछि राजदूत रेग्मीले डायस्पोरानेपालले नेपाली समुदायमा उत्साहको संचार गर्न सकोस् भन्ने शुभकामना दिए । 'सकारात्मक पत्रकारिता मार्फत प्रेरणा हुने खालको समाचार विश्वभरका नेपालीले पाउन सकुन्, उनले भने ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले डायस्पोरानेपालले एकीकृत र समन्वयात्मक समाचारलाई लिएर अघि बढन सकोस् भन्ने शुभकामना दिए । उनले एनआरएनएले भूकम्प, नाकावन्दी र कोरोना अवधिमा नेपाल र नेपालीको हितमा गरेको कामको चर्चा गरे।  उनले निर्धारित समयमा अधिवेशन गर्ने एनआरएनएको  निर्णय सकारात्मक भएको भन्दै यस्ता बिषयमा कलम चलाउन आग्रह गरे । अध्यक्ष पन्तले नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको ठोस योगदान भैरहेको र भविष्यमा पनि हुने प्रतिवद्धता व्यक्त गरे ।

एनआरएनए सल्लाहकार कुल आचार्यले डायस्पोरानेपालले व्यावसायिक  पत्रकारिता गर्ने आफुले अपेक्षा गरेको बताए । उनले प्रवासमा  नेपाली कला संस्कृति, साहित्य, भाषा र  भेषभूषाको संवर्द्धन गर्नुका साथै संसारभर छरिएर रहेका नेपालीलाई मातृभूमिसंग जोड्न एउटा पुलका रुपमा काम गर्न यो अनलाइनलाई सफलता मिलोस् भन्ने कामना पनि गरे।

संघका उपाध्यक्ष डा. बद्री केसीले डायस्पोरानेपालले आफ्ना समाचारहरुमा सबै क्षेत्रका डाक्टर, व्यापारी, विद्यार्थी लगायतलाई समेट्न सुझाव दिए । उनले व्यावसायिक र विश्वसनीय पत्रकारिताका लागि शुभकामना दिए । संघका महासचिव डा. हेमराज शर्माले अनलाइन पत्रकारिताको दीगो विकासका लागि व्यावसायिक र निस्पक्ष  पत्रकारिता गर्न सुझाव दिए ।

डायस्पोरानेपालको सफलताको शुभकामना दिंदै एनआरएनए अभियानमा होमिएकाले साथ दिन आग्रह गरे । एनआरएनए सचिव गौरीराज जोशी, प्रवक्ता डिबि क्षेत्री, ओसियाना क्षेत्रका पूर्व संयोजक धर्मराज अधिकारी,  एनआरएनए युकेका  अध्यक्ष प्रेम गाहामगर, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, एनआरएनए अभियन्ता सन्तोष  भट्टराई तथा आइसीसी सदस्य रामशरण सिंम्खडाले सत्य, तथ्यमा आधारित पत्रकारितामा डायस्पोरानेपालले अग्रणी भूमिका खेल्ने आशा व्यक्त गरे । बीबीसीका पूर्व पत्रकार भगीरथ योगीले प्रवासमा धेरै पत्रकारहरुले स्वयम्सेवी रुपमा काम गरिरहेको बताउंदै  अनलाइन पोर्टल डायस्पोरानेपाललाई अरु समाचार पोर्टलहरुसंग सहकार्य गर्दै अगाडी बढ्न सुझाव दिए ।

एनआरएनए हङकङगका पूर्व अध्यक्ष राधिका गुरुङले सकारात्मक पत्रकारिताका लागि शुभकामना दिइन् ।

त्यस्तै, एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेना, सामाजिक अभियन्ता शिवजी श्रेष्ठ, नेप्लीज नर्सेज एसोसिएसन युकेकी अध्यक्ष सुनिता थापा,  मध्यपूर्वकी एनआरएनए अभियन्ता यास्मिन वेगम, एनआरएनए युके उपाध्यक्ष नारायण कंडेल, एनआरएनए आइसीसी सदस्य ललित न्यौपाने, अर्का आइसीसी सदस्य दयानिधि  सापकोटा, एनआरएनए युके सदस्य सपना खनियाँ, सामाजिक अभियन्ता एमटि लामा, नेपाल पत्रकार महासंघ युकेका ध्रुवराज अर्याल, ब्रिटिश खबर डटकमका सम्पादक तथा एनआरएनए युकेका संस्थापक सदस्य बिपिन निरौला, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष राजकुमार थापालगायतले डायस्पोरानेपाल डटकमको सफलताको शुभकामना दिएका थिए  ।

अध्यक्ष रविन्द्र कंडेलको अध्यक्षतामा भएको वेबसाइट उद्घाटन समारोहमा प्रकाशक कृष्ण भण्डारीले उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत गरेका थिए । डायस्पोरानेपाल डटकमका अध्यक्ष राजेन्द्र पुडासैनीले  संचालन गरेको उद्घाटन समारोहमा सम्पादकीय टिमका तर्फबाट सम्पादक श्याम लुईटेलले डायस्पोरानेपाल डटकमले सकारात्मक र व्यावसायिक पत्रकारितालाई मूलमन्त्र मानेर डायस्पोरामा पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित