एनआरएनएबारे परराष्ट्रमा उजुरीकर्ताले गल्ती स्वीकारे

एनआरएनएबारे परराष्ट्रमा उजुरीकर्ताले गल्ती स्वीकारे
युरोपनेपाली खबर २०७८ भदौ ३१ बुधबार, 15-09-2021


डेनमार्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयमा दिएकाहरुले आफ्नै निवेदन गलत भएको भन्दै माफी मागेका छन् । 

उजुरीकर्ताहरुले डेनमार्क, स्विजरल्याण्ड र स्विडेनमा बिवाद नभएको भन्दै माफी मागेका हुन् । 

संघको निर्वाचन भाड्न परराष्ट्र पुगेका जानकी गुरुङ, नवराज ओली र बेद खरेलले एनआरएनए डेनमार्क, स्विजरल्याण्ड, स्विडेनलाई एक पत्र लेख्दै ती देशको नाम मुछिएकोमा दुःख मनाउ गरेका छन् ।

पत्रको पूर्ण पाठ

गैरआवासीय नेपाली संघ 

रास्ट्रिय समन्वय परिषद डेनमार्क,स्विजरल्याण्ड,स्विडेन 

बिषयः पररास्ट्र मन्त्रालयबाट गैरआवाशीय नेपाली संघलाई पठाईएको निर्वाचनसम्बन्धी पत्रका बारेमा 

उपरोक्त बिषयको सम्बन्धमा हामी जानकी गुरुङ,नवराज ओली र बेद खरेलले गैरआवाशीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिको दशौ महाधिबेसनको प्रतिनिधी चयन सम्बन्धी प्रकृयामा भएको अनियमितामा ऐक्यबद्दता जनाउदै गैरआवाशिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद डेनमार्क,स्विजरल्याण्ड र स्विडेनका आईसिसि सदस्यहरुले समग्र प्रकृयाको बारेमा आईसिसि सदस्य गुणराज शर्माको पहलमा प्रेषित ईमेललाई पररास्ट्र मन्त्रालयमा संलग्न गरिएकोमा पररास्ट्रबाट पठाईएको पत्रमा गैरआवाशिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद डेनमार्क,स्विजरल्याण्ड र स्विडेनमा पनि समस्या रहेको भनि उल्लेख भएकाले हाम्रो आशय यी देशमा नभई विश्वका अन्य समस्यामा परेका देशको हकमा रहेको जानकारी गराउदै यसबाट पर्न गएको अशुविधाप्रति क्षमाप्राथी छौ । 

हामीले हालेको उजुरीमा हामीलले डेनमार्क,स्विजरल्याण्ड र स्विडेनमा कूनै बिवाद छ भनेर उल्लेख गरेका छैनौ । म तपाइहरू लाइ निवेदनको कपी समेत संलग्न गरेको छु । हेरेर मन् गर्नु होला।

भवदीय 

जानकी गुरुङ

नवराज ओली 

बेद खरेल

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित