भर्चुअल डवलीमा तनाव, पत्रकारको आलोचनात्मक सुझावपछि कुल आचार्य आक्रोशित

भर्चुअल डवलीमा तनाव, पत्रकारको आलोचनात्मक सुझावपछि कुल आचार्य आक्रोशित
युरोपनेपाली खबर २०७८ भदौ ३१ बिहीबार, 16-09-2021


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष प्रत्यासी कुल आचार्यले शुरु गरेको भरर्चुअल अन्तरक्रिया (डबली) मा तनाव  उत्पन्न भएको छ । विहिवार जुम मार्फत आयोजना गरेको पत्रकारसंगको सुझाव र अन्तरक्रिया कार्यक्रममा आचार्यले संघको बारेमा लगातार गलत सूचना प्रवाह गरेपछि कार्यक्रममा नै उपस्थिति पत्रकारहरुले संघ भित्रको विवाद आन्तरिक रुपमा नै सुल्झाउन र मुद्दा मामिलामा जान नहुने सुझाव दिएपछि आचार्य एकाएक आक्रोशित बनेर कार्यक्रम टुङ्गाएर हिडेका थिए । कार्यक्रममा पुगेका अधिकांस  पत्रकारहरुले संघको विवादलाई लिएर परराष्ट्र मन्त्रालय पुग्नु गलत भएको भन्ने धारणा राखेपछि आचार्य आक्रोशमा आएका  हुन् ।

लन्डनस्थित पत्रकार चिरन शर्माले आचार्यलाई संघका भएका विवादका बारे नेतृत्वसंग छलफल गरेर अघि बढ्न सुझाव दिए । उनले परराष्ट्र मन्त्रलायले न्याय दिने कुरामा आशंका रहेको संघमा राजनीतिककरण गर्न नहुने बताए ।

दुई चार देशमा रहेको सामान्य विवाद सल्टाउनुका सट्टा  गैरआवासीय नेपाली संघको धवि धमिल्याउन सबैतिर विवाद छ भन्दै हिड्नु गलत भएको अभिव्यक्ति दिएपछि आचार्य समूह आक्रोसित भएको हो । 

कार्यक्रममा बोल्दै आचार्यले बेलायतमा भएको निर्वाचन अनिमियताको बारेमा आँट भए केन्द्रमा उजरी दिन चुनौती दिएका थिए । नेपाली कांग्रेस नेता बिमलेन्द्र निधि निकट लेखक तथा पत्रकार गेजा वाग्ले सहित अन्तरक्रियामा आएका  आचार्यको पक्षका केही उम्मेदवारहरुले उपस्थिति पत्रकारहरुलाइ  पार्टीको पत्रकार भएर  आउन र पार्टीको लाइन अनुसार चल्न सुझाएका थिए  । कार्यक्रममा बोल्ने वक्ताहरुले संघ र नेतृत्वको आलोचना गर्न मात्र समय खर्चनु भन्दा छलफल मार्फत समस्याको समाधान निकाल्न सुझाव दिए । 

पत्रकार भगिरथ योगीले संचालन गरेको डबलीमा दुई दर्जन पत्रकारहरुको  उपस्थिति थियो । कार्यक्रममा पत्रकारहरु थानेश्वर सापकोटा, दधि सापकोटा, डिल्ली अमाई, कृष्ण केसी, राजकुमार थापा, लगायतले प्रश्न तथा सुझाव दिएका थिए ।  आचार्यले हरेक दिन साँझ ५ बजे आफु निकट व्यक्तिहरुको भेला गरेर संघको अभियान र नेतृत्वको बारेमा डबलीमा आलोचना गर्दै आएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित