जनसम्पर्क समिति पोर्चुगलको छैटौं अधिवेशन अक्टोबर ३ मा हुने

जनसम्पर्क समिति पोर्चुगलको छैटौं अधिवेशन अक्टोबर ३ मा हुने
युरोपनेपाली खबर २०७८ भदौ ३१ बिहीबार, 16-09-2021


लिस्बन । नेपाली जनसम्पर्क समिति पोर्चुगलको छैटौं अधिवेशन ३ अक्टोबर २०२१ आइतबारका लागि प्रस्तावित गरिएको छ ।जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरेले आज एक सूचना जारी गरी उक्त मिति प्रस्ताव गरेका हुन् । 

केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यहरुको नामावली स्वीकृत भएसंगै  जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन गर्ने बाटो खुलेको हो । पोर्चुगलबाट ५ सय ४३ जना क्रियाशील सदस्यहरुको नवीकरण र आवेदन रहेको हो । सदस्य संख्याको आधारमा जसस पोर्चुगलबाट ३ जना महासमिति सदस्य र ४ जना महाधिवेशन प्रतिनिधि छानिने छन् । निर्वाचित महासमिति  सदस्य स्वत: महाधिवेशन प्रतिनिधि पनि हुने हुँदा पोर्चुगलबाट ७ जना महाधिवेशन प्रतिनिधि हुनेछन् ।

अधिवेशनको मिति प्रस्तावित भएसंगै लिस्बनमा नेतृत्वको सरगर्मी सुरु भएको छ । सभापतिका लागि ४ जनाले आंकाक्ष राखेको बुझिएको छ ।

अध्यक्ष बिनोद घिमिरेद्वारा जारी सूचना 

आदरणिय नेपाली जनसम्पर्क समिति पोर्चुगलमा आबद्ध अग्रज एबम साथीहरु जय नेपाल ।

नेपाली जनसम्पर्क समिति पोर्चुगल छैठौ महाधिवेशनको संघारमा रहेको यहाँहरु सबै विदितै हुनुहुन्छ । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा पोर्चुगलको प्रतिनिधित्त्व सुनिश्चताको लागि हामीले पठाएका कृयाशिल सदस्यताहरु नेपाली कांग्रेस केन्द्रीय कार्यालय बाट सदर भएको र अधिवेशनको मिति तय गर्न निर्देशन भएको जानकारी गराउन चाहन्छु । कृयाशिल सदस्यता नविकरण र वितरणमा हर हमेशा साथ दिनु हुने अग्रजहरु, कार्य समितिका साथीहरु एबम शुभचिन्तक सबैमा हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछु । अधिवेशनको लागि आईतबार ३ अक्टोबर २०२१ का लागि प्रस्तावित गरिएको अवगत गराउँदछु ।

यो अधिवेशनले ७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि (३ जना महासमिति सदस्य) र नयाँ कार्य समितिको चयन गर्नेछ । नेपाली कांग्रेस पार्टी को निर्देशानुसार केवल कृयाशिल सदस्यहरुले मात्र मताधिकारको प्रयोग गर्न पाउनेछन । नेपाली कांग्रेसको जनसम्पर्क समिति सम्बन्धि निर्देशिका र नेपाली जनसम्पर्क समिति पोर्चुगलको परिमार्जित विधान २०१८ बमोजिम निर्वाचन प्रकृया अघि बढनेछ ।

अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आपसी सल्लाह्को लागि आगामी आईतवार जुम मार्फत हुने बैठकमा सहभागिताको लागि सबै साथीहरु लाई अनुरोध गर्दछु ।

`एक सबल नेतृत्त्व चयनका लागि सबैले हातेमालो गरौ ! ´

´आपसी एकता र सहमतिले संगठनलाई थप उर्जा दिन्छ !´

धन्यवाद !

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित