एनआरएनए पोर्चुगलको टीम युरोप स्तरीय 7A साइड फुटबल प्रतियोगितामा भाग लिन बेल्जियम प्रस्थान

एनआरएनए पोर्चुगलको टीम युरोप स्तरीय 7A साइड फुटबल प्रतियोगितामा भाग लिन बेल्जियम प्रस्थान
युरोपनेपाली खबर २०७८ असोज ०१ शुक्रबार, 17-09-2021


लिस्बन । युरोप स्तरीय 7A साइड फुटबल प्रतियोगितामा भाग लिन एनआरएनए पोर्चुगलको टीम बेल्जियम प्रस्थान गरेको छ ।  भोलि १८ सेप्टेम्बरमा उद्घाटन हुने प्रतियोगिताका लागि टीम बेल्जियम गएको हो । इन्ट्रोपिएन  सहरमा हुने  खेल १९ सेप्टेम्बरमा सम्पन्न हुनेछ ।

प्रतियोगितामा युरोपका विभिन्न देशका १६ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

टीमको नेतृत्व एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी र युवा संयोजक प्रकाश अधिकारीले गरेका छन् भने टीम व्यबस्थापकको जिम्मेवारी प्रदीप बुदुजा पुन र प्रशिक्षक प्रदीप मल्लले सम्हालेका छन् ।

एनआरएनए पोर्चुगलको तर्फबाट प्रतियोगितामा भाग लिने खेलाडीहरुमा बिनोद गुरुङ, केशव बुढामगर, विष्णु छन्त्याल, हर्कबहादुर लिम्बू, दिपेश क्षेत्री, बिराज ग्लान, अजयकुमार विके, दिपेन्द्र बशी,  संजय गुरुङ, सुर्जेन तामाङ र अनिल पाण्डे रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित