एनआरएनए प्रमुख संरक्षक घले मर्यादा विपरित चुनावी सभामा

एनआरएनए प्रमुख संरक्षक घले मर्यादा विपरित चुनावी सभामा
युरोपनेपाली खबर २०७८ असोज ०२ शनिबार, 18-09-2021


कतार । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले चुनावी सभालाई सम्बोधन गरेका छन् । 

बिगत दुई वर्ष देखि संघका निस्कृय घलेले शनिवार कतारमा हुने  “बधाई तथा शुभकामना” कार्यक्रमलाई सम्बोधन गरेका हुन् । संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा गत जुलाई महिनामा मध्यपूर्वमा सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमिति सदस्य तथा पदाधिकारीहरुलाई घलेले प्रवचन दिएका छन्  । 

कोरोना महामारीको बेला मध्यपूर्वमा रहेका श्रमिकहरुको बिल्लीबाठ भएको बेला रमिता हेरेर बसेका अष्ट्रेलियावासी घनाढ्य घले एकाएक संघको निर्वाचनमा सचिव पदको लागि उम्मेदवार बनेका प्रमिण गुरूगंको सभालाई सम्वोधन गर्ने कार्यक्रमतय भएपछि उनले संघको परम्परा र मर्यादा नाघेको  बताएको छ । संघको प्रमुख संरक्षक सेरोमोनियल पद हो । 

संघको नेतृत्व अध्यक्ष कुमार पन्तले  समाले पछि घले प्रायः निस्कृय हुदै आएका थिए । उनी कोरोना महामारीका बीचमा संघले संचालन राहात तथा उद्धारको कार्यमा समेत सामेल भएका थिएनन् ।

संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन आउन ४ हप्ता मात्र बाँकी रहदा घलेको सकृयतालाई अर्थपूर्ण मानिएको छ । गतनिर्वाचनमा घलेले संघको निर्वाचन समितिको सदस्य बनेर महासचिवकी उम्मेदवार जानकी गुरुङको बिल्ला भिरेर विवाद आएका थिए । घलेले तत्कालिन अध्यक्षका उम्मेदवार कुल आचार्यको काँधका बन्दुक राखेर महासचिवको पदमा गुरुङलाई ल्याउने असफल प्रयास गरेका थिए । 

संघको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्धय डा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् तर घले दम्पतीले कस्लाई समर्थन गर्छन भन्ने चासो एनआरएनए  बृतमा रहेको छ । अध्यक्षकी प्रत्यासी रविना थापा पारिवारीक रुपमा घले निकट रहेको बताइन्छ । घलेले सन् २०१३ मा पहिलो पटक र सन् २०१५ मा दोस्रो पटक संघको अध्यक्ष पदको जिम्मेवारी समालेका थिए । 

नेपालमा सन् २०१५ मा गएको महाभूकम्पको बेला राहात तथा उद्धारमा खटिएर चर्चा कमाएका घले एनआरएनए भवनको लागि बालुवाटारस्थित ललितानिवास जग्गा खरिद प्रकरणमा विवादमा मुछिएका छन् । संघको भवन निमार्ण गर्दा घलेको सकृयता देखिए पनि केही जग्गा बिचौलीयाहरुको घेरामा परेर सरकारी जग्गा किने पछि विवादित भए । सन् २०१७ मा आफ्नो नेतृत्व स्वभाविक रुपमा हस्तान्तरण गर्नुको साटो उनले भिजन २०२० मार्फत नेतृत्वमा आफ्नै श्रीमति जमुना घलेलाई स्थापित गर्न खोजेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित