बाग्लुङ्ग समाज पोर्चुगलले नवनिर्वाचित कार्यसमितिलाई गर्यो बुझबुझारथ

बाग्लुङ्ग समाज पोर्चुगलले नवनिर्वाचित कार्यसमितिलाई गर्यो बुझबुझारथ
युरोपनेपाली खबर २०७८ असोज ३ आइतबार, 19-09-2021


लिस्बन । बाग्लुङ्ग समाज पोर्चुगलले नयाँ कार्यसमितिलाई खातापाता, हिसाबकिताब सहित आज बुझबुझारथ गरेको छ । निवर्तमान अध्यक्ष प्रेम खड्काले नवनिर्वाचित अध्यक्ष केशब केसीलाई एक कार्यक्रम बीच बझबुझारथ गरेका हुन् ।

निवर्तमान कार्यसमितिको तर्फबाट प्रेम खड्काले १२ हजार ९४७.८९ युरो नगद र  कार्यालय सम्बन्धी विभिन्न जिन्सी सामाग्री अध्यक्ष केशब केसीलाई हस्तान्तरण गरेका छन् ।  निवर्तमान कार्यसमितिको अवधिमा २६ हजार ९६५.६५ युरो आम्दानी भएको थियो भने १५ हजार ९१.२० युरो खर्च भएको थियो । सो अवधिमा नेपालमा बाढीपहिरो, क्यान्सर, मृगौला रोग पीडित तथा  बाग्लुङ्गका विभिन्न हस्पिटल र गाउँपालिकाहरुमा समाजले रु २५ लाख बराबरको सहयोग प्रदान गरेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित