परराष्ट्रका अधिकारी र एनआरएनए पदाधिकारीबीच समझदारी : तोकिएकै समयमा महाधिवेशन र निर्वाचन

परराष्ट्रका अधिकारी र एनआरएनए पदाधिकारीबीच समझदारी :  तोकिएकै समयमा महाधिवेशन र निर्वाचन
युरोपनेपाली खबर २०७८ असोज ४ सोमबार, 20-09-2021


राजकुमार थापा, पोर्चुगल । गैरआवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशन र निर्वाचन  तोकिएकै समयमा हुने भएको छ । 

आज परराष्ट्र मन्त्रालय अधिकारी  र एनआरएनएका पदाधिकारीहरु बीच भएको छलफल पश्चात् यस्तो समझदारी भएको अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।                                                                                        गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद मिलाएर निर्वाचन जान परराष्ट्र मन्त्रालयले सुझाव दिएको छ । सोमबार अध्यक्ष कुमार पन्तको टोलीले एनआरएनए डेक्स हेर्ने परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीबीच छलफल गरेको थियो ।

छलफलमा मन्त्रालयले विवाद समाधान चाँडोभन्दा चाडो गर्न अध्यक्षलाई आग्रह गरेको थियो । बैठकपछि अध्यक्ष पन्तले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले आफूलाई हर्षित बनाएको प्रतिक्रिया दिए । अध्यक्ष पन्तले भने, ‘विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्नेछ ।’

महासचिव डा. हेमराज शर्माले भने, एनआरएनए भावनाबाट होइन, विधि विधानबाट चलाउनु पर्छ भन्ने हाम्रो अडानलाई परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ । उनले भने, विधान ट्राफिक लाइट हो । एकजनाले मात्र ट्राफिक लाइटको उल्लङ्घन गर्यो भने दुर्घटना हुन्छ ।

निर्दोषहरु पनि दुर्घटनाबाट पीडित हुन्छन् । फरारी र मारुती चालकको लागि एउटै ट्राफिक नियम हुन्छ । रातो बत्तिलाई सबैले रातो देखौ, रातोलाई जबस्जस्ती हरियो भनेर ब्याख्या गर्दै अगाडि बढ्न कोशिस गरियो भने दुर्घटना रोक्न असम्भव छ ।

अध्यक्ष कुमार पन्तले दिएको जानकारी : 

"गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनका सन्दर्भमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छलफल भएको छ । तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले हर्षित छौँ। विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्नेछ । धन्यवाद ।"

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित