एनआरएनए निर्वाचन: रविनको उम्मेदवारी घोषणा भोली

एनआरएनए निर्वाचन: रविनको उम्मेदवारी घोषणा भोली
युरोपनेपाली खबर २०७८ असोज ६ बुधबार, 22-09-2021


  लिस्बन। गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षकी प्रत्यासी रविना थापाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएकी छन् ।

उनले संघको अक्टोवर २० तारिख हुने निर्वाचनको लागि भोलि (२३ सेप्टेम्वर) काठमाण्डौंस्थित याक एण्ड यति होटलबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागेकी हुन् । उनी गैरआवासीय नेपाली संघकी उपाध्यक्ष समेत हुन् ।

थापाले नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, नयाँ पुस्ता, नेपालमा लगानी, विदेशबाट मदाधिकार लगायतका अजेण्डा सहित आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेकी छन् ।

संघको १० औं महाधिवेशनमा नेतृत्वको लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन् । कुल आचार्य समूहले परराष्ट्र मन्त्रालय मार्फत निर्वाचन प्रकृया रोके पछि थापाले असन्तुष्टी जनाउदै आएकी छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित