यूरोपमा नेपालीहरुको सुखदु:खको साथी बन्न चाहन्छन् संयोजक पदका उम्मेदवार तिमल्सिना

यूरोपमा नेपालीहरुको सुखदु:खको साथी बन्न चाहन्छन् संयोजक पदका उम्मेदवार तिमल्सिना
एनआरएनए युरोप संयोजक उम्मेदवार कृष्ण तिमिल्सिना
युरोपनेपाली खबर २०७८ असोज ७ बिहीबार, 23-09-2021


लिस्बन । बाहिरबाट हेर्दा यूरोपको जीवन सुखी र सम्पन्न ठानिए पनि सबैको जीवन सोचेजस्तो सुविस्ताको छैन । कोही यहाँ सम्बन्धित देशको कागज बनाउन नपाएर सास्ती भोगिरहेका छन् भने कोही खाडी मुलुकको भन्दा चर्को श्रम गर्न बाध्य छन् । थोरै मात्रको जीवन विलासी छ यहाँ ।

गैरआवासीय नेपाली संघको आसन्न दशौँ महाधिवेसन (अक्टोवर २३ देखि २५ तारिखमा)मा यूरोप क्षेत्रीय संयोजकको उम्मेदवार कृष्णप्रसाद तिमल्सिना यूरोपबासी सबै नेपालीको सुखदुखको साथी बन्न चाहन्छन् ।

एनआरएनएले स्थापनाकालदेखि नै विदेशमा सिकेको सीप, आर्जन गरेको ज्ञानलाई नेपालमा पुर्याउने काम गर्दै आएको छ । प्रवासमा कमाएको र जोगाएको पैसालाई नेपालमा विभिन्न साना ठूला परियोजना र व्यवसायमा लगानी गर्न प्रोत्साहन पनि गरिरहेकै छ । तिमल्सिना पनि यी दुवै कार्यमा लामो समयदेखि लागिरहेकै छन् । यसअघि बेलायतमा उनको ध्यान बढी केन्द्रीत रहेको थियो उनी अब आफ्नो अनुभवलाई यूरोपका २७ वटै देशहरुमा विस्तार गर्न चाहन्छन् ।

करिब दुई दशकदेखि बेलायतमा बसोबास गरिरहेका तिमल्सिनाले बेलायतमा दुःखमा परेका धेरै नेपालीहरुलाई सहयोग गरे । विद्यार्थीहरुलाई तथा अभरमा परेका धेरैलाई उनले दिलैदेखि सकेको मद्दत गरे । उनी अब एनआरएनए यूरोपको संयोजक भएर यूरोपमा रहेका नेपालीले सिकेका ज्ञान, सीप नेपाल पुर्याउने, लगानी नेपाली लैजाने मात्र होइन यूरोपको विभिन्न मुलुकमा विभिन्न किसिमका दुःख कष्ट, सास्ती झेलिरहेका नेपालीहरुको साथी पनि बन्न चाहन्छन् । उनीहरुको अनुभव र भोगाइ साट्न चाहन्छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा जन्मेका तिमल्सिना अहिले एनआरएनए यूरोपको उपसंयोजकका रुपमा कार्यरत छन् । यसअघि उनी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य, एनआरएनए युकेको सदस्य हुँदै उपाध्यक्षसमेत रहिसकेका छन् । एनआरएनए अभियानको सबैभन्दा तल्लो तहबाट प्रवेश गरेका तिमल्सिना सन् २०१७–१९ कार्यकालका लागि एनआरएनए युकेको अध्यक्ष पदका प्रत्याशी पनि रहेका थिए ।                                                                               लन्डनस्थित समाजसेवी तथा उद्यमी कृष्ण तिमल्सिनाले युरोपवासी नेपालीका समस्या सम्वोधन गर्न आफु क्रियाशील रहेको जनाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ०२१ – ०२३ कार्यकालका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका तिमल्सिनाले भने, ‘मेरो ध्यान युरोपका नेपालीको सीप, ज्ञान र लगानी नेपाल लैजान पहल गर्नेमात्र होइन्, संस्थाका समय सान्दर्भिक सवाललाई पूर्णता दिन र युरोप बस्ने नेपालीले कतिपय देशमा भोग्नुपरेका रोजगारी, सांस्कृतिक तथा भाषिक समस्या सम्वोधनका लागि पहल गर्न पनि हुनेछ ।’

‘म झण्डै दुई दशकदेखि लन्डनमा छु । मलाई बेलायत र युरोपका नेपालीको साझा समस्या र चासो राम्ररी थाहा छ’, उनले भने, ‘युरोपवासी नेपालीका आर्थिक, सामाजिक तथा सांस्कृतिक सरोकार केन्द्रित योजनाको तयारीमा म जुटिरहेको छु ।’

आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् (आइसिसी) को १० औं महाधिवेशन तय भएपछि अहिले विभिन्न पदका आकांक्षी उम्मेदवारी घोषणासंगै मत माग्न व्यस्त देखिन्छन् ।

हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका तिमल्सिनाले युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक आफैमा महत्वपूर्ण जिम्मेवारी भएकाले आफू दिनरात लागिरहेको बताए । ‘मबाट धेरै साथीहरुले आशा गर्नुभएको छ, उहांहरुको त्यो आशा निराशामा परिणत हुन दिने छैन्’, नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित तिमल्सिनाले भने ।

धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उनी २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन् २००७ देखि एनआरएनएमा आवद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्द्धन सम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार (सन् २०१७) रहिसकेका उनी त्यसअघि गैरआवासीय नेपाली संघ यूके उपाध्यक्ष ( सन् २०१३–१५), गैरआवासीय नेपाली संघ यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित