एनआरएनए महासचिवका उम्मेदवार विनय अधिकारीका यस्ता छन् भावि योजना र प्रतिवद्दता

एनआरएनए महासचिवका उम्मेदवार विनय अधिकारीका यस्ता छन् भावि योजना र प्रतिवद्दता
युरोपनेपाली खबर २०७८ असोज ७ बिहीबार, 23-09-2021


युरोप । एनआरएनए दसौं महाधिवेशनका लागि महासचिवका उम्मेदवार विनय अधिकारीले आफ्ना भावि योजना र प्रतिवद्दता सार्वजनिक गरेका छन् । आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार रबिना थापासंगै उनले आफ्नो योजना सार्वजनिक गरेका हुन् । उनले आफ्नो भनाइ र भावि कार्ययोजना यसरी जानकारी दिएका छन् :

"नेपाल बाहिरको नेपालीको सुख दुखको साथी एनआरएनएको संस्थागत विकासका लागि अध्यक्ष पदमा रबिना थापा र महासचिव पदमा म विनय अधिकारी निर्वाचनमा जाने निधो गरिसकेको अवगत गराउन चााहान्छु । युवा र महिला ससक्तिकरणका लागि एक जना महिला जो तपाई हामी विचमा हुनु हुन्छ । उहाँले एनआरएनएको अध्यक्ष पदमा आफुलाई दह्रो गरि उभ्याउनु भएको छ । उहाँको यो साहस र समाजसेवा प्रतिको लगावलाई म हृदयदेखि नै नमन गर्न चाहान्छु ।

गैरआवासीय नेपालीहरु पनि नेपाली नै हुन । मातृभुमिको सुख र दुखमा हामी जहिले पनि साथमा छौ । यहाँ आउने बिभिन्न चाड पर्व, रिति रिवाज र परम्परालाई हामीले विदेशमा बसेर पनि जीवित राखेका छौ । मुलुकको अस्थिर राजनीति र आ आफ्नो कमजोर आर्थिक अवस्थाका कारण हामी विदेशमा रोजगारीको लागि जानु परेको छ । कोही अध्ययन अनुसन्धान, कोही जागिर, कोही गोर्खा भर्तिलगायतका बिभिन्न कारणले बाहिरिए पनि हामी तपाईहरु जस्तै नेपाली हौं । 

हाम्रा छोराछोरीले नेपाली भाषा नै बोलिरहेका छन । नेपालमा भुकम्प जाँदा होस, बाढी पहिरो वा अन्य कुनै आपतकालिन अवस्थामा विदेशस्थित हामी नेपालीहरु एक भएर जन्मभुमीलाई सहयोग गर्न तत्पर हुन्छौ । कोरोना संक्रमणका बेला हामीले एक व्यक्ति एक कन्सन्टेटर वा अक्सिजनको नारा लगायौ । नेपालमा बिभिन्न अवस्थामा र स्वास्थ्य मन्त्रालयमा ज्वरो जाँच्ने मेशिनदेखि अक्सिजन प्लान्ट राख्ने सम्मको काममा नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गरेको सर्वविदितै छ ।

एक पटकको नेपाली सधैको नेपाली भन्ने गैर आवासीय नेपाली संघको मुल नारालाई आत्मा साथ गर्दै नेपाली नागरिकता, पैत्तिक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वाेच्च अदालतको फैलासा अनुसार भोटको अधिकार, भुतपुर्व गोर्खाको समान अधिकार र पेन्सनका बिषयमा एनआरएनए मार्फत नेपाल सरकार सँग निरन्तर संवादमा छौं । 

यस्ता हक अधिकार र नेपालमा बैदेशिक लगानी भित्र्याउने उद्देश्यक निरन्तर काम गरिरहेका छौ । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनएको १० आंै अन्तरराष्ट्रिय महाधिवेशनमा मैले महासचिव पदमा उम्मेदवारी दिने घोषणा पत्रकार सम्मेलनमा गर्न चाहान्छु । 

मेरो एजेण्डाहरुलाई निम्नानुसार उल्लेख गर्न चाहान्छु :

१. भुतपुर्व गोर्खा मुद्दालाई कुटनीतिक पहलबाट निष्कर्षमा पु¥याउन प्रयास भैरहेको छ । त्यसमा एनआरएनए जस्तोसुकै भुमिका निर्वाह गर्न तयार छ ।  

२. प्रत्यक्ष निर्वाचनको व्यवस्था (डेलिगेट्सको विवादले एनआरएनएको छवी दिन रात खस्कदो छ । अव हामीले सबै एनआरएनएले भोट हाल्न मिल्ने गरि प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाने)

३. सम्पत्तिको हक स्थापित गर्न

४. नागरिकता निरन्तरताको सुनिश्चितता 

५. राजनीतिक दलहरु सँग लविङको लागि उच्चस्तरीय समिति निर्माण गर्न 

६. नयाँ पुस्तालाई एनआरएनएमा सहभागि गराउन

७. श्रमीकको मुद्दा सम्बोधन गर्न । 

८. स्वायत्त एनसीसी

९. नेपालमा लगानीको वातावरण बढाउन

१०. विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्न 

११. सस्थामा युवा तथा महिला सहभागिता बढाउन  

१२. ग्लोवल कल्चरल भ्लेयज स्थापना गर्न

१३. खाडी क्षेत्रको समस्या समाधानका लागि छुट्टै विभाग गठन गर्न 

१४. पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न 

१५. एनआरएनको छुट्टै हेल्थ डेस्क स्थापना गर्न 

१६. वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउन नेपाल सरकासँग समन्वय गर्ने

१७. पञ्जीकृत सदस्य संख्या १० लाख पुर्याउने

१८. संस्थामा आर्थिक पारदर्शीता कायम गर्न 

१९. प्रविधिमैत्री एनआरएनए निमार्ण गर्न 

२०- संस्थाको उद्देश्यलाई कायम राख्न राजनीतिकमुक्त बनाउन र सबैको साझा संस्था बनाउन पहल गर्ने   

२१ं- एनआरएनए भिजन थर्टी थर्टी (२०३०–२०३०) को अवधारण अगाडि बढाउन 

२२-नेपाली कला संस्कृतिको संरक्षण तथा जर्गेना गर्नका लागि विशेष कार्यक्रम थालनी गर्न 

विनय अधिकारी

महासचिव पदको उम्मेदवार

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (सन् २०२१–२०२३)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित