म राजा हुन आएको हुँ, अब राजा हुन्छु भन्दै नारायणहिटीमै गरे एक युवकले श्रीपेचमाथि खुकुरी प्रहार

म राजा हुन आएको हुँ, अब राजा हुन्छु भन्दै   नारायणहिटीमै गरे एक युवकले श्रीपेचमाथि खुकुरी प्रहार
तस्वीरः वेब फाइल
युरोपनेपाली खबर २०७८ असोज ८ शुक्रबार, 24-09-2021


काठमाडौं, असोज ८ । नारायणहिटी दरबार संग्रहालयभित्र राखिएको श्रीपेचमाथि एक युवकले खुकुरी प्रहार गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालय अवलोकनमा पुगेका ती युवकले सँगै राखिएको खुकरी निकालेर श्रीपेच राखिएको शीशाको बाकसमा प्रहार गरेको समाचार प्राप्त भएको छ।

शुक्रबार बिहान अवलोकनका लागि संग्रहालय पुगेका पश्चिम रुकुम मुसिकोट– ११ का २५ वर्षीय खिमबहादुर घर्तीले खुकुरी प्रहार गरी शीशा फुटाएर श्रीपेच निकाल्न खोजेका हुन् ।

यसअघि पनि संग्रहालय पुगेका घर्तीले तेस्रो प्रयासमा श्रीपेचमाथि प्रहार गरेको बताएका छन् । श्रीपेच निकाल्न खोज्ने उनलाई तत्कालै सुरक्षार्थ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए। 

घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सीसा फोड्ने प्रयास गरेका थिए। घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

घर्ती हालै बहराइनबाट नेपाल फर्केका हुन्।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच राखेको ठाउँ नजिकको सीसा फोड्न खोजेपछि एक जनालाई नियन्त्रणमा लिइएको जानकारी आफूले पाएको बताए।

‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको उनले बताएका छन्,’ महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहले भने। घर्तीलाई अहिले वृत्त दरबारमार्गमा राखिएको छ।

आफू राजा हुन आएको भन्दै ती युवकले श्रीपेच निकाल्न खोजेका थिए । श्रीपेच निकालेर लगाउने दाउमा उनी रहेको सुरक्षाकर्मीले बताएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित