जर्मनीमा भोलि संसदीय आम निर्वाचन, को बन्ला एंगेला मर्केलको उत्तराधिकारी ?

तस्वीर : गुगल
युरोपनेपाली खबर २०७८ असोज ९ शनिबार, 25-09-2021


पोर्चुगल - जर्मनीमा भोलि संसदीय निर्वाचन हुदै छ।  १६ बर्ष जर्मनीको नेतृत्वमा रहेर नाम कमाएकी एंगेला मर्केलले राजनीति बाट बिदा लिदै गर्दा उनको उत्तराधिकारी को बन्ला भन्ने चासोले यो निर्वाचनलाई महत्वका साथ हेरिएकोछ।  

भोलि हुने बुंडेसट्याग (जर्मनीको संसद ) निर्वाचनले प्रत्यक्ष रुपमा जर्मनीको चान्सलर छान्दैन तर निर्वाचनले सांसद चुन्नेछ र ति सांसदहरुको बहुमतले जर्मनीमा एंगेला मर्केलको स्थान कसले लिन्छ भन्ने निर्क्योल गर्नेछ।  

जर्मनीमा प्रत्यक्ष र समानुपातिक गरि नेपालको जस्तै निर्वाचन प्रणाली छ।  फर्स्ट र सेकेन्ड भोटको आधारमा पार्टीले संसदमा कति संख्यामा सांसद पायो भन्नि हिसाब हुन्छ भने समानुपातिक तर्फ पाँच प्रतिशत थ्रेसहोलड छ भने प्रत्यक्ष तर्फ तिन सिट जितेका मात्र संसदको रास्ट्रिय पार्टी बन्नेछन।  

एंगेला मर्केलको पार्टी सिडियुले सन् २०१७ को तुलनामा न्यून मात्रामा समर्थन पाउने विभिन्न सर्वेक्षणहरुले देखाएका छन् भने अहिले मर्केलको सत्ता गठबन्धन दल एसडीपीले पहिलेको तुलनामा भारि समर्थन जुटाउने अनुमान गरिएको छ।  

सर्वेक्षणहरुले भोलिहुने निर्वाचनले जर्मनीमा कुनैपनि दुई दल मात्रैले सरकार बनाउन कठिन हुने र जर्मनीको सरकार कस्तो बन्ला भन्ने चासो चिन्ता देखाएको छ।   एंगेला मर्केलको स्थानमा उनकै सहयात्री नेता  अर्मिनलाई ल्याउन मर्केलले चाहेको तर निर्वाचन सर्वेक्षणहरुले एसडिपीका ओलाफ़लाई धेरैले  चान्सलरका रुपमा देख्न चाहेको बताईएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित