टिम डा. बद्री केसीले एशिया क्षेत्रका एनआरएनए प्रतिनिधिसंग अन्तरक्रिया गर्दै

टिम डा. बद्री केसीले एशिया क्षेत्रका एनआरएनए प्रतिनिधिसंग अन्तरक्रिया गर्दै
युरोपनेपाली खबर २०७८ असोज १० आइतबार, 26-09-2021


युरोप । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले एशिया क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने भएका छन् । गैरआवासीय नेपाली संघको सचिव पदका प्रत्यासी ओम गुरुङका अनुसार केसीले आफ्नो ऐजेण्डसंग सहमत केही उम्मेदवार सहित आगामी मंगलवार (२८ सेप्टेम्बर) ती प्रतिनिधिहरुसंग छलफल गर्न लागेका हुन् । 

नेपाली समय साँझ ५ बजे देखि शुरु हुने कार्यक्रममा प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्ने तयारी गरिएको छ । 

कार्यक्रमलाई उपाध्यक्षका उम्मेदवारहरु डा. हेमराज शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यासमिन बेगम सैयद, महासचिव पदका उम्मेदवार गौरीराज जोशी,  सचिव पदका उम्मेदवार रामशरण सिंखडा, ओम गुरुङ, सचिव पदकी उम्मेदवार राधिका गुरुङ ( टीका) लगायत र त्यसैगरी  कोषाध्यक्ष पदका उम्मेदवार लोकप्रसाद दाहाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अक्टोवर २३ देखी २५ सम्म काठमाण्डौंमा हुदैछ । संघको नेतृत्वको लागि बिभिन्न पदमा रहेका उम्मेदवारहरुले आआफ्नो अजेण्डा लिएर प्रतिनिधि समक्ष जानेक्रम जारी छ । 

यसैबीच अध्यक्षका प्रत्यासी डा. बद्री केसीको सचिवालयले दिएको जानकारी अनुसार केसीले आगामी हप्ता देखि विभिन्न देशमा रहेका प्रतिनिधिसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित