वकिल केसीले जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा १५ बुँदे प्रतिबद्धता सहित गरे उम्मेदवारी घोषणा

वकिल केसीले जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा  १५ बुँदे प्रतिबद्धता सहित गरे उम्मेदवारी घोषणा
युरोपनेपाली खबर २०७८ असोज १२ मंगलबार 28-09-2021


लिस्बन । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आगामी अध्यक्षका लागि म्याग्दीका वकिल केसीले उम्मेद्वारी दिने भएका छन । कार्यबहाक अध्यक्ष समेत रहेका केसीले आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेका हुन । पोर्चुगलमा आगामी अक्टुबर ३ मा समितिको अधिवेशन गर्ने तयारी छ । यसका लागि अन्य दुई जनाले अध्यक्षमा इच्छा देखाएपनि म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ माैवाफाँट घर भएर पाेर्चुगलमा व्यवसाय गर्दै अाएका केसी भने बलिया उम्मेद्वार हुन ।


पोर्चुगलमा क्षेत्रीय समितिको अध्यक्ष हुँदै पोर्चुगलको उपाध्यक्षसम्म रहेर काम गर्दै आएका उनि अहिले समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् । कार्यबाहक रहँदा उदाहरणिय काम गरेका केसीले कुनैपनि हालतमा आफु समितिको अध्यक्ष बन्ने दावी गर्दै आएका छन । प्रवासको राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै चासो राख्ने केसी आगामी कार्यकालका लागि अध्यक्ष बनेर संगठनलाई थप बलियो बनाउने बताएका छन ।

केन्द्रीय राजनीतिसँग नजिक रहेका केसी नेतृत्व पाए सबैको अपनत्व हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन । ‘विपी कोइरालाले भनेजस्तै कांग्रेस लोकतन्त्रको पाठशाला हो ।’ केसी भन्छन, ‘जनसम्पर्क समिति पोर्चुगललाई सबैले पाठशालाको रुपमा पाउने बनाउनको लागि युबा र नवअगन्तुक साथीहरुको अधिकतम सहभागिताको लागि अधिवेशनलगत्तै सदस्यता बितरण गर्दै प्रशिक्षण लगायतका कार्यक्रमहरुको ब्यबस्था गर्नेछु ।’ केसीले आफुले नेतृत्व पाए पहिले त पार्टीको नीतिगत निर्णयहरुलाई नैतिक समर्थन गर्दै आम मानिसलाई पार्टीको विचारमा आकर्षित गराउने बताएका छन ।

उनि भन्छन्, ‘प्रवासमा रहेका अधिकांश जनसम्पर्क समितिहरु आर्थिक हिसावले निकै कमजोर छन् । यसको श्रीबृद्धि र आर्थिक अवस्था मजवुत बनाउनुपर्छ । जसले गर्दा प्रवासमा मात्रै होइन् स्वदेशमा बस्ने प्रजातन्त्रप्रेमीलाई समेत फाइदा पुग्नेछ । त्यसैले संगठनलाई आर्थिक हिसावले बलियो बनाउन पहल गर्नेछु । यस्तै, प्रवासमा कांग्रेससँग आस्था राख्नेहरुलाई पनि संगठनमा गोलबद्ध गर्नेछु ।’ उनले गैर आवासीय नेपालीको विद्यमान दोहोरो नागरिकता सम्बन्धी समस्यालाई पार्टी नेतृत्वसँग बसेर छलफल गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

‘पोर्चुगलमा धेरै समस्या र विकृती छन, त्यसलाई समाधान गर्नु हाम्रो कर्तव्य र दायित्व हो ।’ उनले भने, ‘साझा समस्याहरुलाई पनि सामाजिक तवरले हल गर्नको लागि अग्रसर भएर लाग्नेछु ।’ गृह जिल्ला म्याग्दी भएका अध्यक्षका दावेदार केसीले पोर्चुगलका विभिन्न स्थानमा बस्दै आएका कांग्रेसका समर्थकहरुलाई आफुलाई जिताउन आग्रह गर्दै सबैको जनसम्पर्क र सबैको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले लोकतन्त्रमा विश्वास राख्ने सबै पोर्चुगलबासीसँग मत माग्दै सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताउँदै एक पटक काम गर्ने अवसर प्रदान गर्न मतदातासँग अनुरोध गरेका छन ।

यस्ता छन् केसीका प्रतिबद्धता

१ ) जनसंपर्क समिती पोर्चुगलको कार्यालय स्थापना र कार्यालयको ब्यबस्थापन उचित तरिकाले गर्नेछु ।                                             

२ )जनसंपर्क समिती पोर्चुगललाई सामुहिक नेत्रित्त्वोको अवधारणा मुताबिक समाबेसि रुपमा सबैले अपनत्त्वो ग्रहण गर्ने गरी अगाडि बढाउनेछु ।                                                                              ३ ) बि पि कोइरालाले भन्नु भए जस्तै “कांग्रेस लोकतन्त्रको पाठशाला हो “ अत जनसंपर्क समिति पोर्चुगललाई सबैले पाठशालाको रुपमा पाउने बनाउनको लागि युबा र नवआगन्तुक साथीहरुको अधिकतम सहभागिता को लागि अधिबेसन लगत्तै सदस्यता बितरण गर्दै बेसिक प्रशिक्षण को ब्यबस्था गर्नेछु ।                                                  

  ४) पोर्चुगलबासी नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई मनोरन्जन दिनका लागि प्रत्यक बर्ष नेपालबाट ख्याती प्राप्त कलाकार साथै लोकल कलाकार सहितको बृहत सांगितिक एब सास्कृतिक कार्यक्रम को आयोजना गर्ने छु ।                                                             

  ५ )कांग्रेसका प्रखर र युबा नेताहरुलाई निमन्त्रणा गरेर सबै क्षेत्रिय समितीहरु संग समन्वय गरेर बृहत प्रसिक्षण कार्यक्रमको आयोजना गर्ने छु ।                                                                                 ६ )जनसंपर्क समिती पोर्चुगलको कार्यबहाक अध्यक्ष हुँदा ऐतिहासिक रुपमा नौमती बाजाको साथ बारबेकियु एबम पिकनिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको सम्झन्छु । तेस्तै गरी हरेक बर्ष उक्त कार्यक्रम लाई निरन्तरता दिने प्रतिबद्द्ता ब्यक्त  गर्दछु।                              

   ७ ) नबआगन्तुक नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई सहयोग गर्नका लागि जनसंपर्क हेल्प डेस्कको ब्यबस्था गरी आबस्यकता अनुसार कागजी प्रकृया लगाएत अन्य बिषयमा काउसिलिङ गर्ने ब्यबस्था कार्यसमितिबाट मिलाउनेछु।                                                                             ८ )संगठनले लिनुपर्ने महत्त्वोपूर्ण निर्णय हरुमा अग्रज एबम साथीहरुको साल्लाह एबम सुझाब लाई सिरोधार्य गर्दै अगाडि बड्नेछु।                                                                           ९ )नयाँ आउनुभएका नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई भाषाको समस्या पर्ने हुनाले निशुल्क रुपमा पोर्चुगिस बेसिक भाषा कक्षा संचालनको ब्यबस्था मिलाउने छु ।                                            

१०) कन्सुलर कार्यालय बाट लिनुपर्ने सेवा सुबिधा प्राप्तिमा सहजता का लागी खासगरी लिस्बन भन्दा बहिरका नेपाली हरुको हकमा अबैतनिक महाबाणिज्य दुत कार्यालय संग समन्वय गरेर सहजिकरण् गर्ने ब्यबस्था मिलाउनेछु।                                                       

११) ज.स.स कार्यसमिती पोर्चुगलको नियमित मिटिङ संगठनको कार्यालयमा राख्ने छु।                                                             

१२) संगठनको आर्थिक हिसाब किताब अत्यन्तै पारदर्सी तरिकाले राख्न कोषाध्यक्ष लाई बढी जिम्मेवार बनाइ काम गर्ने छु ।             

१३ )पार्टीको केन्द्र संग नियमिती संपर्कमा रही कामगर्ने छु ।                

१४) जनसंपर्क समिती पोर्चुगलमा सहमति, सहकार्य र एकता को संस्कृति लाई प्राथमिकतामा राखेर काम गर्नेछु।                            

१५ ) आदरणिय अग्रज एबम साथीहरु म पोर्चुगलबाट अन्य कुनै देश जाने छैन । भोली पासपोर्ट लिन्छ र बाहिर जान्छ होला भन्ने आसंका लाई पनि निबारण गर्न चाहन्छु।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित