एनआरएनएको २३-२५ अक्टोबरमा हुने १० औं महाधिवेशन स्थगित, ६ महिना भित्र अर्को मिति तय गरिने

एनआरएनएको २३-२५ अक्टोबरमा हुने १० औं महाधिवेशन स्थगित, ६ महिना भित्र अर्को मिति तय गरिने
युरोपनेपाली खबर २०७८ असोज २४ आइतबार, 10-10-2021


युरोपनेपाली खबर, पोर्चुगल । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र महाधिवेशन र निर्वाचन गर्ने गरि स्थगित गरिएको हो ।

प्रवक्ता क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् ।

भर्चुयल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने निर्णय समेत गरेको छ ।

संघको महाधिवेशन यही अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो । तर गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्यासी कुल आचार्य समूहका केही व्यक्तिहरुले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा विवाद गर्दै उजुरी गरे पछि मन्त्रालय अधिवेशन रोक्न लगतार पत्राचार गरेको थियो ।

संघले विधान अनुरुप ६ महिना कार्यकाल थप्ने तयारी गरेको बताएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित