युरोपेली संघको पक्षमा पोल्याण्डभरि विशाल सभा, राजधानी वार्सामा एक लाखले गरे र्याली

युरोपेली संघको पक्षमा पोल्याण्डभरि विशाल सभा, राजधानी वार्सामा एक लाखले गरे र्याली
तस्वीर : गुगल
युरोपनेपाली खबर २०७८ असोज २४ आइतबार, 10-10-2021


पोल्याण्ड - बिहिवार पोलिश सर्वोच्च अदालतको संवैधानिक इजलासले युरोपेली अदालतको आदेश नमान्ने मनसायको निर्णय सुनाएपछि युरोपेली संघबाट पोल्याण्ड छुट्टिने डर बढेको छ।  

युरोपेली संघ भित्रै पोल्याण्डलाई कडा कारबाहीको माग भईरहेको बेलामा पोल्याण्डको प्रमुख विपक्षि दलको अगुवाईमा आज पोल्याण्डका मुख्य शहरहरुमा  यिरोपेली संघमा पोल्याण्ड रहनुपर्ने भन्दै ठुलो प्रदर्शनहरु भएका छन्।  

क्राकोभ , भ्रचाव , राजधानी वार्सा लगायत शहरमा  युरोपेली संघको झण्डा सहित हजारौले विशाल र्याली गरेका थिए।  

राजधानी वार्साको मुख्य क्षेत्र (स्तारे मियास्तो ) मा कम्तिमा एक लाख नागरिकले युरोपेली संघको पक्षमा र्याली गरेको स्थानीय न्युज एजेन्सीहरुले जनाएका छन्।  

वार्साको र्यालीलाई प्रमुख विपक्षि दलका नेता , पुर्व प्रधानमन्त्री तथा युरोपेली आयोगका पुर्व प्रमुख डोनाल्ड तुस्कले र वार्साका मेयर राफल त्रास्कोभ्सकीले सम्बोधन गरेका थिए।  

बिहिबार भएको पोलिश अदालतको रुलिङ्ग सत्तासिन दल पिआईएसको योजना मुताविक भएको ठहर युरोपेली पक्षधरहरुको छ।  युरोपेली युनियनले पोल्याण्डले युरोपेली कोर्ट भन्दा पोलिश संविधानलाई अग्राधिकार दिएपछि पोल्याण्डलाई कोरोना  बाट प्रभावित अर्थतन्त्र उकास्न प्रादान गरिने ५७ बिलियन यूरोको राहत कोष तत्काल रोक्ने  संकेत गरिसकेको छ ।  

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित