साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई ऐतिहासिक सफलता

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई ऐतिहासिक सफलता
युरोपनेपाली खबर २०७८ असोज २७ बुधबार, 13-10-2021


२८ वर्षको साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको छ । बंगलादेशविरुद्धको आजको खेल १-१ को बराबरीमा टुंगिएपछि नेपालले ७ अंकका साथ फाइनलको बाटो तय गरेको हो । बंगलादेशका सुमन रेजाले नवौं मिनेटमा पहिलो गोल गरेपछि दबाबमा परेको नेपालले ८७ औं मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई अञ्जन विष्टले सहजै गोलमा परिणत गरे । 

१३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको हो । 

माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालका लागि अञ्जन बिष्टले खेलको ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । खेलको अन्तिम समयतिर बंगलादेशी खेलाडीले डिबक्स भित्र फाउल गर्दा नेपालले पेनाल्टीको अवसर पाएको हो । 

यसअघि  खेलको ९ मिनेटमा बंगलादेशका सुमन रेजाले फ्रिकिकलाई हेडिङ गर्दै गोल गरेका थिए । खेलमा नेपालले बलमा नियन्त्रण राखेपनि डिफेन्सको कमजोरीले गोल खान बाध्य भएको थियो । तर खेलको बाँकी समय नेपालले दबाब कायम गर्न सक्दा नेपाल खेलमा फर्किएको हो । 

बंगलादेशी गोलरक्षक रेहमान जिकोले रेडकार्ड पाएर १० खेलाडीमा सिमित बनेको बंगलादेशमाथि नेपालले राम्रो फाइदा लिन सक्यो ।

नेपालले साफ च्याम्पियनसिपमा चार खेल खेल्दै दुई जित, एक बराबरी र एक हारसहित ७ अंक जोडेर फाइनल पुगेको हो । बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । यो खेल जितेको भए बंगलादेश फाइनल पुग्ने सम्भावना थियो । 

नेपालसँग फाइनल खेल्ने टोलीको आजै टुंगो लाग्नेछ । आज राति ९:४५ मा हुने भारत र माल्दिभ्स बीचको खेलबाट दोस्रो फाइनल खेल्ने टोलीको टुंगो लाग्ननेछ ।                                                                                                    नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो ।खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधै रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।

यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ ।बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो ।नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

बंगलादेशले नवौं मिनेटमा अग्रता लिएको हो । रेजाले हेडबाट गोल गरे ।फ्रिकिकमा प्राप्त बललाई अन मार्क रहेका रेजाले सजिलै गोल गरे । खेलको १५ औं मिनेटमा रोहित चन्द नजिकको दूरीबाट गोल गर्न चुके । गौतम श्रेष्ठले निकालेको पासमा उनको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा रेजा नै नेपाली गोलरक्षक किरण लिम्बूविरुद्ध वान टु वानमा बललाई पोस्टको दिशा दिन चुके । त्यसमा किरणले उत्कृष्ट बचाउ गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित