पिटरवोरो नेपाली समाज युकेले भव्यरुपमा मनायो दशै शुभकामना सॉझ

पिटरवोरो नेपाली  समाज युकेले भव्यरुपमा मनायो दशै शुभकामना सॉझ
युरोपनेपाली खबर २०७८ असोज २७ बुधबार, 13-10-2021


पिटरवोरो नेपाली समाज युकेको आयोजनामा  २०७८ सालको बिजया दशमी र तिहार शुभकामना आदनप्रदान साँझ एक भव्य समारोहका बिच सम्पन्न भएको छ ।नेपाली दुतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न पिटरवरोको नेपालीहरूको बाक्लो बस्ती भएको वेस्टउडको स्टाफोर्ड हलमा पिटरवोरो र यसका वरिपरि बस्ने करिव ३०० जना नेपालीहरूको सहभागितामा अक्टोवर ११ सोमबार का दिन सांस्कृतिक कार्यक्रम र नेपाली खानपिन सहित नेपालीहरूको महान चॉड दशैको सुभकामना आदानप्रदान गरिएको थियो।

समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा संचालित  कार्यक्रममा प्रमुख अतिथि रामबाबु नेपाल नेपाल राजदुतावास लण्डनको तर्फवाट सबैलाई सुभकामना प्रदान गरे भने अतिथिहरू पिटरवोरो सिटी काउन्सीलर गुल नवाज, कन्जरभेटीभ पार्टीका वार्ड लिडर मोहमड रेन्जावले नेपालीहरूलाई महान चॉडको शुभकामना दिएका थिए । 

समाजका निवर्तवान अध्यक्ष एवं ट्रस्टी शिव भण्डारीले पिटरवोरो नेपाली समाजले सिटी काउन्सीलबाट प्राप्त  कम्युनिटी हललाई सोही दिन बाटै आफ्नो  व्यवस्थावनमा संचालन गर्ने अनुमति पाएको जानकारी गराउदै यसको लागि सहयोग गर्ने सबैलाई धन्यवाद   क्यक्त गरे । समाजका पूर्व अध्यक्ष केशव भण्डारीले समाजका पूर्व पदाधिकारीहरूको तर्फबाट सबैलाई शुभकामना व्यक्त गरे । पूर्व अध्यक्ष भण्डारीले समाजलाई यहासम्म ल्याउने सबैको सम्झना गर्दै पिटरवोरो समाजमा नया जोडिनु भएका सबै सदस्यहरूलाई स्वागत गर्दै समाजलाई आफ्नै ठानी सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा ट्रस्टीको तर्फवाट ट्रस्टी  संयोजक शीव पौडेलले शुभ कामना व्यक्त गरेका थिए । 

पिटरवोरो नेपाली समाजका उपाध्यक्ष एवं एनआरएन युकेका सदस्य भिम खनालले उपस्थिति सबैलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन महासचिव कृष्ण लुईटेल गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष हरिहर भट्टराईले उपस्थित सबैलाई धन्यवाद दिदै पिटरवोरो र यसका वरपर वस्ने यहाहरू सबैको उपस्थितिले आफूलाई समाजको लागि काम गर्ने थप हौसला मिलेको बताए । साथै पिटरबरोमा बसाइँ सरेर आउनुभएका सम्पुर्ण नयाँ नेपाली परिवारलाई समाजको तर्फबाट पिटरबरोमा स्वागत गरे। त्यस्तै सबैलाई समाजको तर्फबाट दशै तिहारको शुभकामना क्यक्त गर्दै कार्यक्रम  सफल बनाउन सहयोग गर्ने कार्यसमितिका साथीहरू, ट्रस्टीहरू लगायत सबैलाई धन्यवाद व्यक्त गरे। 

दोस्रो चरणको सांस्कृतिक कार्यक्रमको संयोजन समाजकी उपाध्यक्ष संगिता कोईराला र सचिव जुना सापकोटाले गरेका थिए । कलाकारहरू शान्ति पाण्डे, ज्योति प्रधान, रहना थपलिया,पूर्णमान व्रजाचार्य, साहसी भट्टराई ,सानवी पाण्डे, आर्या राज भण्डारी,  क्रिसा रिजाल, यूक्रेश रिजाल ,आर्यन भन्डारी, र अमोद ढकाल ले नेपाली भाषा र संकृति झल्किने नृत्व र गीत प्रस्तुत गकेका थिए । त्यसै गरि प्रणव रेग्मीले जादु देखाएर मनोरंजन गराएका थिए ! साझ ६ बजेदेखि राति ११ बजेसम्म संचालित दशै शुभकामना साझको अन्त्यमा सहभागिहरू डिजे नाचमा रमाएका थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित