कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन

तस्वीर : गुगल
युरोपनेपाली खबर २०७८ कार्तिक १ सोमबार, 18-10-2021


अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ।

पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको छ।

रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि थिए।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए।

उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।

उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ।

सन् १९५१ मा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गरेको संयुक्त राज्य अमेरिकाका तर्फबाट पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने उनी एक मात्र अमेरिकी विदेशमन्त्री हुन्।

माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा सन् २००२ को ज्यानुअरी १८ मा उनी नेपाल भ्रमणमा आएका थिए।

त्यस बेला उनले तत्कालीन राजा ज्ञानेन्द्र तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीहरूसँग भेटेका थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित