सक्छौ भने एमालेसंग चुनाव लड, एनआरएनसंग होइन

सक्छौ भने एमालेसंग चुनाव लड, एनआरएनसंग होइन
युरोपनेपाली खबर २०७८ कार्तिक ३ बुधबार, 20-10-2021

 

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) विवादमा टिप्प्णी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले एनआरएन अभियानलाई क्षतिविक्षत तुल्याउन लागिपरेको आरोप लगाएका छन् ।

नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा बुधबार बोल्दै ओलीले सरकारले एनआरएन एक हुन नदिएर फाटो पार्ने काम गरिरहेको समेत बताए ।

परराष्ट्र मन्त्रालय आदेशलाई तामेली गर्ने अड्डामा रुपान्तरण भएको टिप्पणी गर्दै ओलीले सरकारले एनआरएनले ल्याउन लागेको १० अर्ब लगानीलाई रोकेकोे समेत बताए ।

‘यस्तै हुन्छ लोकतन्त्र, सरकार र पार्टी ? अरुलाई लाज नलागेपनि कांग्रेसलाई लाज लाग्नुपर्ने हो’ ओलीले भने, ‘कांग्रेस र अन्य दुई पिछलग्गु पार्टी एनआरएन अभियानलाई क्षतविक्षत बनाउन लागिपरेका छन् ।’

ओलीले भने, ‘सक्छौ भने एमालेसँग लड्न आऊ, एनआरएनसँग हैन ।’ परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि एनआरएनको दशौं विश्व सम्मेलन र महाधिवेशन स्थगित भएको छ । आगामी ६ महीनाभित्र चुनाब गर्ने एनआरएनको तयारी छ ।

जापान लगायतका केही राष्ट्रिय समन्वय समितिमा संस्थापनले धाँधली गरेको भन्दै आफूकहाँ उजुरी परेपछि परराष्ट्रले विवाद साम्य नभएसम्म चुनाव नगर्न निर्देशन दिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित