स्व. गोपाल बोगटीको शव नेपाल पठाउन एनआरएनए पोर्चुगलको अभियानबाट ४२ सय ८ युरो संकलन

स्व. गोपाल बोगटीको शव नेपाल पठाउन एनआरएनए पोर्चुगलको अभियानबाट ४२ सय ८ युरो संकलन
स्व. गोपाल बोगटी
युरोपनेपाली खबर २०७८ कार्तिक ३ बुधबार, 20-10-2021


लिस्वन । गत अगस्ट १ तारिख लिस्बनमा निधन भएका स्व. गोपाल बोगटीको शव नेपाल पठाउने अभियानबाट ४ हजार दुईसय ८ युरो रकम संकलन भएको छ । सो रकम पोर्चुगलमा बस्दै आएका नेपाली समुदायले सहयोग गरेका हुन ।

आफ्नै निवासमा निधन भएका स्व. बोगटीको शव नेपालस्थित उनको परिवारसमक्ष पठाउनका लागि आर्थिक संकलन सुरु गरिएको थियो । रकम गैर आवासीय नेपाली संघ पोर्चुगलले महिला उपाध्यक्ष दीपा काफ्लेको संयोजकत्वमा संकलन गरेको थियो । अभियानबाट ४ हजार दुईसय आठ युरो ५० सेन्ट संकलन भएको काफ्लेले बताइन्  । उनका अनुसार संकलित रकमबाट बोगटीको शव पठाउँदा ३ हजार ३ सय युरो खर्च भएको छ भने तीन सय ९० युरो उनको कान्छी श्रीमती अम्बिका सुनारलाई उपलब्ध गराइएको छ । संकलित रकममध्ये तीन हजार ६ सय ९० युरो खर्च भएको देखिन्छ । ‘सबै खर्च कटाएर हामीसँग अब पाँच सय १८ युरो मौज्दात छ ।’ काफ्लेले भनिन्, ‘मौज्दात रकम बोगटीको नेपालस्थित परिवारलाई  पठाइनेछ ।’

अभियानमा पोर्चुगलस्थित नेपाली समुदायदेखि विभिन्न संघ संस्थाहरुले सहयोग गरेका थिए । बोगटीको शव नेपाल पठाउनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयदेखि नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतिशिल मोर्चा, चितवन समाज, बाग्लुङ समाज, काठमाडौं समाज, नेपाली नारी समाज, एनआरएनए नर्थ, दियालो रेष्टुरेन्टमा कार्यरत कर्मचारी, दर्शन नेपाल स्टोर, गुल्मी समाज, लमजुङ समाज, नवलपुर समाज र एन आर एन ए पोर्चुगलको कार्यसमिति लगायत  व्यक्तिगत रुपमा धेरैबाट आर्थिक सहयोग संकलन भएको अभियानकी संयोजक एवं महिला उपाध्यक्ष काफ्लेले जनाइन्  ।  सबै सहयोगी मन र हातहरुलाई एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले धन्यवाद दिएका छन्  ।

संकलित रकमको नामावली:

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित