एनआरएनए एनसिसीहरुले गर्ने भनिएको भेला रोकिने, आयोजकहरु बीच नै मतभेद

एनआरएनए एनसिसीहरुले गर्ने भनिएको भेला रोकिने, आयोजकहरु बीच नै मतभेद
युरोपनेपाली खबर २०७८ कार्तिक ४ बिहीबार, 21-10-2021


गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोवरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तर्राष्ट्रिय रोकिने भएको छ ।

‘आयोजक : सबै एनसिसीहरु’ भनी सार्वजनिक अपिल गर्दै आयोजना हुन लागेको सो भेला अवैधानिक भन्दै संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले पत्राचार गरे पछि उक्त भेला रोकिने भएको हो । 

यस बिषयमा भेला आयोजकहरुमा भने मतभेद देखिएको छ । आयोजक मध्येका केही एनसिसी अध्यक्षहरु संस्था फुटे फुट्छ जसरी पनि भेला आयोजना गर्नु पर्ने लाइनमा छन् भने अधिकांस एनसिसी अध्यक्षहरुले भने भेला रोकेर सहमति र सहकार्यको वातावरण बनाउन सक्रिय हुनु पर्ने मत राखेका छन् । मतभेद कै बीच भेला रोक्ने निष्कर्ष नजिक पुगेको आयोजक मध्येका एक एनसिसी अध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

उता एनसिसीहरुका तर्फबाट छुट्टै भेला बोलाएर छलफल गर्न लागेपछि त्यसमा केन्द्रको कुनै संलग्नता नभएको भन्दै एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले एनसिसी पदाधिकारी र  अभियन्ताहरुलाई इमेल मार्फत जानकारी गराएका थिए ।

अध्यक्ष पन्तले एनसिसी पदाधिकारीहरुलाई पठाएको ईमेलमा भनिएको छ “सामाजिक सन्जाल मार्फत मेरो जानकारीमा आए अनुसार २४ अक्टोबरका लागि प्रस्तावित एनसिसीहरुले गर्ने भनिएको भेलामा मेरो नामपनि जोडिएको छ । म यस्तो भेलाको जमघटको हिस्सा होइन । र त्यस्तो कुनैपनि भेला र जमघटमा सहभागि नहुनपनि म सबैलाई अनुरोध गर्दछु भनेका छन् ।

यस्तै महासचिव डा. हेमराज शर्माले अहिलेको समस्या समाधान गर्न अध्यक्षनै स्वयं रातदिन खटेको र यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्ने उल्लेख गर्दै भनेका छन् “कोरोना महामारीमा हामीले हप्तै जस्तो एनसिसिहरुसँग बैठक आयोजना गरेका थियौं । आवश्यक पर्यो भने अहिलेको समस्याका सम्बन्धमा पनि एनसिसिको बैठक आइसिसिले आयोजना गर्नेछ ।”

डा शर्माले अध्यक्षको लचकतालाई कमजोरीको रुपमा लिंदै एनआरएनएलाई असोभनीय हुने खालका गतिविधि हुँदै आएको र थुप्रै गलत नजिर स्थापित भएको उल्लेख गरेका छन । यस्ता खालका गतिविधिलाई समयमा नै रोक्न जरुरी भएकाले अध्यक्षले निर्देशन गरेअनुसार २४ तारिखको भेला आयोजना नगर्न र यस्ता गतिविधिमा भाग नलिन अनुरोध गर्दै भनेका छन् “यस्तो खालको भेलाको वैधानिक व्यवस्था नभएको पनि जानकारी गराउँदछु ।”

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित