एनआरएनए यूके पदाधिकारीद्धारा प्रधानमन्त्री देउवासंग भेट : ज्ञापनपत्रमा दिदै पाँचवटा प्रमुख आग्रह

एनआरएनए यूके पदाधिकारीद्धारा प्रधानमन्त्री देउवासंग भेट : ज्ञापनपत्रमा दिदै पाँचवटा प्रमुख आग्रह
युरोपनेपाली खबर २०७८ कार्तिक १३ शनिबार, 30-10-2021


लण्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासंग एक औपचारिक भेट गरेको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र पनि पेश गरेको छ।

बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेको पेश ज्ञापन पत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडान सेवा पुनः सञ्चालन, विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने व्यवस्था र नेपालमा वैदेशिक लगानीमैत्री वातावरण बनाउन आग्रह गरिएको छ । संघको तर्फबाट उपाध्यक्ष गोविन्द खरेलले ज्ञापनपत्र वाचन गरेका थिए।

औपचारिक भेट कार्यक्रमको सञ्चालन महासचिव खुशी लिम्बुले गरेको थिए भने अध्यक्ष प्रेम गाहा मगरले ज्ञापन पत्र बुझाउँदै संघको तर्फबाट आफ्ना कुराहरु राखे ।

कार्यक्रममा एनआरएनए आइसीसीका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, महासचिव डा. हेम राज शर्मा, आइसीसी सदस्यहरु र एनसीसी यूकेका सबै जसो सदस्यहरु उपस्थिति रहेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित