एनआरएनए यूकेले बाढीपीडितलाई दिएको १० लाख व्यक्तिको खातामा, कंचनपुरमा बाढी, सुनसरीमा राहत

एनआरएनए यूकेले बाढीपीडितलाई दिएको १० लाख व्यक्तिको खातामा, कंचनपुरमा बाढी, सुनसरीमा राहत
युरोपनेपाली खबर २०७८ कार्तिक २० शनिबार, 6-11-2021


काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए, युके) युकेले नेपालमा बेमौसमी वर्षासँगै आएको बाढीका कारण पीडित बनेका परिवारलाई पठाएको सहयोग व्यक्तिगत खातामा जम्मा गरेको भेटिएको छ । 

आर्थिक पारदर्शिताको मुद्धा उठाएर संघमा जितेतापनि आफैंले भने पारदर्शिता नअप्नाएको देखिएको छ । नेपालमा रहेका सुरेश राईको नेबिल बैंकमा रहेको व्यक्तिगत खातामा पैसा जम्मा गरिएको प्रमाण भेटिएको छ । गैरआवासीय नेपाली संघ यूके स्रोतका अनुसार  अन्य खर्चको पैसा तिर्न कोषाध्यक्षलाई चर्को दवाव दिदै आएका छन् । यसअघि संघका अध्यक्ष कुमार पन्तले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै संघको बैंक खातामा पैसा जम्मा गर्न अपिल गरेका थिए । 

स्रोतले भन्यो उपाध्यक्षद्धय नारायण कंडेल र सुनिल खड्का नेपालमै थिए । हामीले उपाध्यक्षहरु मार्फत राहत वितरण गरौं भनेको तर मान्नु भएन र  व्यक्तिको खातामा हाल्न भन्नु भयो । 

 कार्यसमितिमा पत्रकारलाई चुनावी खर्च भन्दै छुट्टै १ लाखको बिल पेश गरेका छन् । स्रोतका अनुसार एनआरएनए युकेका व्यक्तिहरुले गर्ने सबै खर्च सर्वसाधारणबाट उठाएको सदस्यता शुल्कबाट गरिने गरिएको छ । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी बिदाई कार्यक्रममा गरिएको पार्टी  खर्च १ हजार २ सय पाउण्ड समेत संघको खाताबाट खर्च गरिएको थियो ।

सुनसरीका ६५० परिवारलाई सहयोग गर्ने क्रमको पहिलो चरणमा इटहरी उपमहानगरपालिकाको वडा नं. १ र ३ का ५२ घर परिवारलाई राहत वितरण गरिएको छ । 

 करिब दस लाख रूपैया बराबरको रकम नेपालको प्राकृतिक प्रकोपबाट पीडितहरूको सहयोगका लागि सङ्कलन गरिएको र स्थानीय युवाहरू मार्फत बाढी पैरो पीडितलाई सहयोग  पुर्याइएको जनाइएको छ । 

सुनसरीका पीडित परिवारलाई राहत सामग्रीस्वरूप प्रति परिवार २५ केजीको चामल, एक प्याकेट नून, एक प्याकेट दाल र एक प्याकेट नून वितरण गरिएको छ ।

राहत वितरण कार्यमा दिव्यराज गुरूङ, पूर्ण राई, बहादुर तामाङलगायतका युवाहरूले घर घरमा पुगेर सामग्री हस्तान्तरण गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित