नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानलको उम्मेदवारी घोषणा

नेउबासंघ भवन
२०७७ असार ३०

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको साउन २५ र २६ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालसहितको प्यानलले उम्मेदवारी घोषणा गरेका छन् ।

ढकालले मंगलबार आयोजित कार्यक्रमा आफू वरिष्ठ उपाध्यक्ष र अन्य चार जनाले प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरे । उनको प्यानलमा जिल्ला/नगरतर्फका उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने घोषणा भएको हो । वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्थाले यही पदलाई मुख्य मानी महासंघको निर्वाचन हुँदै छ ।

‘हाम्रो यो टीम अनुभवले भरिएको छ । टीममा साना तथा मझौलादेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ,’ उनले भने, ‘त्यतिमात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ ।’ व्यवसायीहरुले महासंघमा खोजेका नेतृत्वअनुसार व्यवसायीहरुलाई समस्या परेको समयमा समाधान खोजीदिने ढकालले सुनाए ।

‘महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो टीमले कोरोनाबाट सिर्जना चुनौतीलाई हराउने छ । हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ,’ उनले भने, ‘हाम्रोसामु एउटा स्वास्थ्य र अर्को आर्थिक दुई चुनौती देखा परेका छन् । स्वास्थ्य सम्बन्धी चुनौतीलाई सरकारले सामाना गरिरहेको छ भन्ने हाम्रो विश्वास छ । आर्थिक चुनौती भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामाना गरिरहेका छन् । हामीसँग पनि त्यही बाटोलाई पछ्याउनेबाहेक अर्को विकल्प छैन ।’

कोभिड–१९ का कारण सिर्जना भएका समस्याहरुलाई समाधान महासंघको नयाँ अध्यक्ष शेखर गोल्छाको नेतृत्वलाई सहयोग गर्ने ढकालले बताए । ‘मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु, हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो के का लागि ?,’ उनले भने ।

हालसम्म आफ्नो पक्षमा गोल्छा नदेखिएकाले हुनसक्छ ढकालले घोषणा सभामा उनी लक्षित चर्चा धेरै गरे । ‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिनाअघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लबिङ गरेको थियो ?, भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ?’ उनले प्रश्न गरे , ‘हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ ।’

कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामाना गर्न व्यक्तिगत पहलमात्र सम्भव नभएको र यसको प्रभावकारी सामना गर्न एकअर्काबीच विश्वास, एकता र बल चाहिने उनले बताए । ‘औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ धेरै काम गर्न बाँकी छ,’ उनले भने, ‘हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरा उठाउने छौं । नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई ३०/७० को सहभागिता लागू गर्न पहल गर्नेछौं ।’

चुनाव जितेपछि महासंघको नयाँ नेतृत्व निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउन मोडल बनाउने उनले सुनाए । उद्यमशीलता विकासका तालिम, 'एक गाउँ एक उत्पादन' जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने, जिल्लाका नापतौल, अनुगम, बैंकिङ र राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिबद्धता ढकालले व्यक्त गरे ।

उम्मेदवार घोषणा कार्यक्रममा जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार तिवारीले मझौला व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने बताए । साथै वस्तुगत उपाध्यक्षका उम्मेदवार श्रेष्ठले सामूहिक चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । एशोसिएन उपाध्यक्षका उम्मेदवार संघाईले स्वतन्त्र व्यावसायिक वातावरण निर्माणको यो नयाँ नेतृत्वले दृढका साथ काम गर्ने बताए । वाणिज्य महासंघको साउन २५ र २६ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालसहितको प्यानलले उम्मेदवारी घोषणा गरेका छन् ।

ढकालले मंगलबार आयोजित कार्यक्रमा आफू वरिष्ठ उपाध्यक्ष र अन्य चार जनाले प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरे । उनको प्यानलमा जिल्ला/नगरतर्फका उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने घोषणा भएको हो । वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्थाले यही पदलाई मुख्य मानी महासंघको निर्वाचन हुँदै छ ।

‘हाम्रो यो टीम अनुभवले भरिएको छ । टीममा साना तथा मझौलादेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ,’ उनले भने, ‘त्यतिमात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ ।’ व्यवसायीहरुले महासंघमा खोजेका नेतृत्वअनुसार व्यवसायीहरुलाई समस्या परेको समयमा समाधान खोजीदिने ढकालले सुनाए ।

‘महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो टीमले कोरोनाबाट सिर्जना चुनौतीलाई हराउने छ । हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ,’ उनले भने, ‘हाम्रोसामु एउटा स्वास्थ्य र अर्को आर्थिक दुई चुनौती देखा परेका छन् । स्वास्थ्य सम्बन्धी चुनौतीलाई सरकारले सामाना गरिरहेको छ भन्ने हाम्रो विश्वास छ । आर्थिक चुनौती भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामाना गरिरहेका छन् । हामीसँग पनि त्यही बाटोलाई पछ्याउनेबाहेक अर्को विकल्प छैन ।’

कोभिड–१९ का कारण सिर्जना भएका समस्याहरुलाई समाधान महासंघको नयाँ अध्यक्ष शेखर गोल्छाको नेतृत्वलाई सहयोग गर्ने ढकालले बताए । ‘मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु, हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो के का लागि ?,’ उनले भने ।

हालसम्म आफ्नो पक्षमा गोल्छा नदेखिएकाले हुनसक्छ ढकालले घोषणा सभामा उनी लक्षित चर्चा धेरै गरे । ‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिनाअघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लबिङ गरेको थियो ?, भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ?’ उनले प्रश्न गरे , ‘हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ ।’

कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामाना गर्न व्यक्तिगत पहलमात्र सम्भव नभएको र यसको प्रभावकारी सामना गर्न एकअर्काबीच विश्वास, एकता र बल चाहिने उनले बताए । ‘औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ धेरै काम गर्न बाँकी छ,’ उनले भने, ‘हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरा उठाउने छौं । नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई ३०/७० को सहभागिता लागू गर्न पहल गर्नेछौं ।’

चुनाव जितेपछि महासंघको नयाँ नेतृत्व निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउन मोडल बनाउने उनले सुनाए । उद्यमशीलता विकासका तालिम, 'एक गाउँ एक उत्पादन' जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने, जिल्लाका नापतौल, अनुगम, बैंकिङ र राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिबद्धता ढकालले व्यक्त गरे ।

उम्मेदवार घोषणा कार्यक्रममा जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार तिवारीले मझौला व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने बताए । साथै वस्तुगत उपाध्यक्षका उम्मेदवार श्रेष्ठले सामूहिक चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । एशोसिएन उपाध्यक्षका उम्मेदवार संघाईले स्वतन्त्र व्यावसायिक वातावरण निर्माणको यो नयाँ नेतृत्वले दृढका साथ काम गर्ने बताए ।

इकान्तिपुरबाट

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित