जनसम्पर्क समिति फ्रान्सको अध्यक्षमा पुनः सुधीर राना, यस्तो बन्यो कार्यसमिति

जनसम्पर्क समिति फ्रान्सको अध्यक्षमा पुनः सुधीर राना, यस्तो बन्यो कार्यसमिति
युरोपनेपाली खबर २०७८ मंसीर १७ शुक्रबार, 3-12-2021


पेरिस । नेपाली जनसम्पर्क समिति फ्रान्सको अध्यक्षमा पुनः सुधीर राना चयन भएका छन । सहमति, सहकार्य र एकताको सन्देश दिदै राना आगामी कार्यकालका लागि समितिको अध्यक्षमा चयन भएका हुन ।

अधिवेशनले रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्र बहादुर बस्नेत र कृष्ण गुरुङलाई चयन गरिएको निर्बाचन समितिले जनाएको छ । यस्तै अधिवेशनले बिकास केसीलाई महामन्त्री र सुजन राज सह महामन्त्रीमा चयन गरेको छ ।

उता समितिको कोषाध्यक्षमा टीकाराम सापकोटा र सह कोषाध्यक्षमा विराज मल्ल चयन भए । यस्तै समितिको अन्य सदस्यहरुमा मैया कटुवाल(जीता), झबिन्द्र अधिकारी, वराज बगाले, सुशील भण्डारी, रञ्जित भट्ट र सुदीप कंडेल रहेको निर्वाचन समितिका संयोजक तप्त भण्डारीले जानकारी दिए ।

रानाको अध्यक्षतामा गठन भएको कार्यसमिति सर्वसम्मत रुपबाट चयन भएको हो । जनसम्पर्क समिति बिभागिय प्रमुख तथा केन्द्रिय सदस्य गोबिन्द भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधि तथा जनसम्पर्क समिति जर्मनीका पूर्व सभापति दिल गुरुङ, आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले शुभकामना मन्तब्य राखेका थिए ।

यस्तै गैर आवासीय नेपाली संघ फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, गैर आवासीय नेपाली संघ फ्रान्सका पुर्व अध्यक्ष तथा जनसम्पर्क समिति फ्रान्सका सस्थापक अध्यक्ष निर्मल अर्याल र फ्रान्सस्थित अन्य संघ संस्थाका प्रतिनिधिहरुले पनि आफ्ना धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित