महिला समाज पोर्चुगलको आयोजना र लुक्स ब्युटिपार्लरको सहयोगमा संचालित ब्युटिसिएन तालिम सम्पन्न

महिला समाज पोर्चुगलको आयोजना र लुक्स ब्युटिपार्लरको सहयोगमा संचालित ब्युटिसिएन तालिम सम्पन्न
युरोपनेपाली खबर २०७८ मंसीर २० सोमबार, 6-12-202


शान्ति अर्याल अधिकारी, लिस्वन । नेपाली महिला समाज पोर्चुगलको आयोजना र लुक्स ब्युटिपार्लर को सहयोगमा  संचालित  एक महिने ब्युटिसिएन तालिम अल्मदामा सम्पन्न भएको छ ।

समाजले पोर्चुगलमा रहनु भएका बेरोजगार, नव आगन्तुक तथा सिप सिक्न अति ईच्छुक नेपाली दिदीबहिनीहरुलाई लक्षित गरी गत नोभेम्बर एक तारिखदेखि तीस तारिखसम्म नि:शुल्क रूपमा तालिमकोआयोजना गरेको थियो ।

तालिम मा Menicure, Pedicure, Threading, Jelino and haircut सम्बन्धी सीपहरू सिकाईएको अल्मदामा संचालित लुक्स ब्युटिपार्लरकी प्रोपाईटर तथा प्रशिक्षक  निशु खड्काले बताउनु भयो ।

सहभागी  गिता फुयाँल लगायतले परदेशको ठाऊँमा रहेर  पनि यस्तो खालको अवसर पाउँदा हौसला थपिएको भन्दै खुशी ब्यक्त गर्नु भयो ।सहभागीहरूले रोजगारीको  निम्ति प्रतिस्पर्धा  गर्न सक्ने क्षमता बढेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि  समाजकी संस्थापक अध्यक्ष निर्मला ढकाल, विशिष्ट अतिथि प्रशिक्षक निशु खड्का, अध्यक्ष माया खरेल, उपाध्यक्ष  सरिता शर्मा,  कार्यसमिति सदस्य तथा तालिमका प्रशिक्षक रिता ढकालले सहभागीहरूलाई आत्मनिर्भर बन्न प्रेरित  गर्दै सुन्दर भबिष्यको शुभकामना ब्यक्त गर्नु भयो ।

नेपाली महिला समाज पोर्चुगलले  गत बर्ष पनि  लिस्वन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा  १० जना नेपाली दिदीबहिनीहरुलाई यस्तै किसिमको सिप प्रदान गरी सकेको छ ।  फेरि पनि ईच्छुक दिदीबहिनीहरू भए तालिमलाई निरन्तरता दिदै लैजाने आयोजक ले बताएको छ ।

समापन कार्यक्रम संस्थाका अध्यक्ष माया खरेलको अध्यक्षता र महासचिव शान्ति अर्यालको संचालनमा सम्पन्न भएको थियो  ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित