केन्द्रमा सदस्यता शुल्क नबुझाउने १० एनसिसीहरुले महाधिवेशनमा भाग लिन नपाउने अवस्था

केन्द्रमा सदस्यता शुल्क नबुझाउने १० एनसिसीहरुले महाधिवेशनमा भाग लिन नपाउने अवस्था
युरोपनेपाली खबर २०७८ मंसीर २० सोमबार, 6-12-202


युरोप । केन्द्रमा सदस्यता शुल्क नबुझाउने एनआरएनएका १० एनसिसीले पठाएका प्रतिनिधिहरुले महाधिवेशन र निर्वाचन प्रक्रियामा भाग लिन नपाउने अवस्था देखिएको छ ।

 पन्जिकृत सदस्यहरुबाट वार्षिक सदस्यता शुल्क लिएर पनि केन्द्रमा  दस्तुर नबुझाउनेमा गैरआवाशिय नेपाली संघ (एनआरएनए) का १० वटा राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुको सूची सार्वजनिक भएसंगै उनीहरु पैसा नबुझाएको खुलसा भएको हो ।

डिसेम्वर २६ र २७  मा हुने निर्वाचनकालागि प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले केन्द्रमा सदस्यताबापत तिर्नुपर्ने सदस्यता दस्तुर नतिरेको भन्दै १० वटा एनसिसीहरुको सूची सार्वजनिक गरेका हुन् ।

यसरी सदस्यता शुल्क नतिर्ने एनसिसीहरुमा एनसिसीहरु अमेरिका, युके, अष्ट्रेलिया, क्यानडा, कोष्टारिका, जापान, फिलिपिन्स,बेलारुस,साईप्रस, युएई(आंशिक) छन् ।

एनसिसी युनाईटेड अरब इमिरेट्सका १८८७ सदस्य मध्ये ५०० जनाको मात्रै शुल्क बुझाइएको निर्वाचन समितिले जारि गरेको सूचनामा छ । साथै युएईमा अधिवेशन समेत नभएको उल्लेख छ ।

यस अघि नै सदस्यता शुल्क लिएर केन्द्रमा तिर्नुपर्ने दस्तुर नतिरेको भन्दै एनसिसी अष्ट्रेलियामा विवाद शुरु भैसकेको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित