एलन मस्कले १३ वर्षअघि एक अर्बपतिले 'टेस्ला' असफल हुन्छ भनेको कुरा किन सम्झिए अहिले ?

एलन मस्कले १३ वर्षअघि एक अर्बपतिले 'टेस्ला' असफल हुन्छ भनेको कुरा किन सम्झिए अहिले ?
www.europenepalikhabar.com २०७८ फागुन ९ गते सोमबार, 21-02-2022


न्युयोर्क । विश्वका सबैभन्दा धनी अर्बपति एलन मस्कले सन् २००९ मा एकजना अर्का अर्बपतिले आफ्नो विद्युतीय कार कम्पनी टेस्ला असफल हुन्छ भनेको कुरा हाल आएर स्मरण गरेका छन् ।

उनकाअनुसार अर्बपति लगानीकर्ता चार्ली मन्जरले १३ वर्षअघि लन्च टेबलमा टेस्ला योजना सफल नहुने बताएका थिए ।

बर्कसायर हाथावेका उपाध्यक्ष मन्जरले क्रिप्टोकरेन्सीलाई ‘यौन रोग’सँग तुलना गरेपछि प्रतिक्रियास्वरूप मस्कले यस्तो ट्विट गरेका हुन् । मस्क क्रिप्टोकरेन्सीका समर्थक हुन् । 

मन्जरसँगको लन्चको पुरानो कुरा सम्झँदै मस्कले ट्विटरमा लेखेका छन्,"मन्जरले जुनसुकै हालतमा पनि टेस्ला योजना असफल हुने दाबी गरे । त्यो सुनेर मलाई चित्त दुख्यो । मैले उनलाई उनले दिएका असफलताका सारा कारणप्रति आफू सहमत रहेको बताएँ । तर मैले जस्तोसुकै भएपनि वा मर्नैपर्ने भएपनि त्यो योजना प्रयास गर्न योग्य रहेको बताए ।"

अहिले त्यही टेस्ला विश्वकै उत्कृष्ट अटोनिर्माण कम्पनीहरूमध्येमा पर्दछ । गत वर्ष मस्कको टेस्ला कम्पनीले १ अर्ब ५० लाख अमेरिकी डलर वरावरको बिटक्वाइन खरिद गरेको थियो । यसैगरी मस्कले आफ्नो निजि स्वामित्वमा रहेको एरोस्पेस कम्पनी स्पेसएक्ससँग पनि बिटक्वाइन रहेको तथ्य सार्वजनिक गरेका छन् । 

यता लामो समयदेखि क्रिप्टोका आलोचक रही आएका ९८ वर्षीय चार्ली मन्जरले याहु न्युजलाई भनेका छन्, "मेरो विचारमा हाम्रो मुलुक बिटक्वाइनलाई लिएर यति धेरै पछि लागिरहनु ठिक लागेन । म त यसलाई घृणा नै गर्दछु ।"

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित