क्राउड वान ( CROWD सकृय एक नाइके डा. ठगी आरोपमा पक्राउ

क्राउड वान ( CROWD सकृय एक नाइके डा. ठगी आरोपमा पक्राउ
तस्वीर : वान ( CROWD 1) फेसबुक पेज
युरोपनेपाली खबर ३ अगस्ट २०२०


छविलाल, बुर्तिबाङ ।

पश्चिम बागलुङका विभिन्न निजी मेडिकलहरुमा काम गर्दै आएका एमबीबीएस डा.बालकुमार सुब्बा नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको आरोपमा बुर्तिबाङबाट प्रकाउ परेका छन् ।

क्राउड १ (नेटवर्किङ बिजनेस ) का मुख्य नाइके मानिएका डा. सुब्बालाई बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रकाउ गरेको थियो । निजले यस क्षेत्रका व्यबसायी, , यृवा युवती लगाएत धेरै जनासँगबाट रकम असुली गरेको गुनासो पछि उनी प्रकाउ परेका हुन् । उनी लगाएत अन्य व्यवसायमा सहभागीको समेत खोजी सुरु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीले बताए ।

नेपालमा नेटवर्किङ बिजनेशलाई मान्यता नदिएको अवस्थामा एक समुह सक्रिय रुपले यो व्यवसायमा लागेको पाइएको छ । सरकारी शिक्षक देखि अन्य व्याक्तिहरु समेत सहभागी भइरहेका कारण ठगी धन्दामा सहभागीलाई कारवाही हुनुपर्ने स्थानियले माग गरेका छन् ।

झापा जिल्लाकाे दमक नगरपालिका घर भएका सुब्बा करिब ५ वर्षदेखि जनरल फिजिसियनको रुपमा बागलुङ जिल्लाको बुर्तिवाङ, बडीगाड खर्वाङ र गुल्मी वामीटक्सारका मेडिकलहरुमा काम काम गर्दै आएका थिए ।

उनले पछिल्लो समय विरामीको समेत वेवास्ता गर्दै युवाहरु जम्मा गर्ने, क्राउड १ नेटवर्किङ व्यवसायका विषयमा छलफल र बहस गर्ने गर्दै धेरै जनालाई सहभागी गराएर रकम असुलेको जनाइएको छ । डा. सुब्बालाई जिल्ला चलान गरीएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित