लिस्बन । पोर्चुगलका युवा व्यवसायी भिमसेन थापा नेपाली जनसम्पर्क समिति पोर्चुगलमा मनोनीत भएका छन् । जनसम्पर्क समिति पोर्चुगलका सभापति वकिल केसीले उनलाई कार्यसमिति सदस्य मनोनीत गरेका हुन् ।
थापा नेपालमा हुँदा नेपाली काँग्रेस सम्बद्ध तरुण दल लगायतमा आवद्ध थिए । पोर्चुगल आएपछि उनी समाजसेवा पनि उत्तिकै सक्रिय छन् । थापा गैरआवासीय नेपाली संघको आसिसी सदस्य समेत हुन् । सन् २०१९-२१ कार्यकालमा उनी एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थिए ।
युवा व्यवसायी थापा पोर्चुगल र नेपालमा रेस्टुरेन्ट व्यवसाय र हस्पिटालिटी क्षेत्रमा लगानी गरेका छन् ।
FOUNDER/CHIEF EDITOR :