लिस्बनमा दमौली कप फुटबल हुँदै

लिस्बनमा दमौली कप फुटबल हुँदै
www.europenepalikhabar.com २०८० भाद्र १८ गते सोमबार, 4-09-2023


लिस्बन । बडादशैं तथा शुभदीपावलीको पावन अवसरमा दमौली फुटबल क्लबले सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता 'दमौली फुटबल कप २०२३' आयोजना गर्ने भएको छ ।

आगामी १, अक्टोबरमा लिस्बन, ओलाइसको भिटोरिया दि क्लबको खेल मैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

पोर्चुगललाई आधारभूमि बनाएर स्थापना भएको नेपाली समूदायको क्लबहरुसहित युरोपको स्पेन, माल्टा, बेलायतलगायतका मुलुकहरुबाट प्रतियोगितामा सहभागीता रहने आयोजकले जनाएको छ ।

दमौली फुटबल कपको विजेताले २ हजार १ सय ११ युरो तथा उपविजेताले १ हजार १ सय ११ युरो सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र सर्वोत्कृष्ट गोलकर्तालाई विधागत पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष खिम दरैले जानकारी दिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित