इजलरायलमाथि विद्रोही हमासको आक्रमण मृत्युु हुने संख्या झन् बढ्दै : यस्तो छ ताजा अवस्था

इजलरायलमाथि विद्रोही हमासको आक्रमण मृत्युु हुने संख्या झन् बढ्दै  : यस्तो छ ताजा अवस्था
www.europenepalikhabar.com २०८० असोज २० गते शनिबार, 7-10-2023


पोर्चुगल । प्यालेस्टायनी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या १०० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिले ९८५ जना अस्पतालमा छन् । उनीहरुमध्ये कतिपयको अवस्था गम्भीर छ । इजरायली डिफेन्स फोर्ससको आफ्नो सेनाले २२ स्थानमा चरमपन्थी समूहसँग लडिरहेको बताएको छ । दुई स्थानमा बन्धक जस्तै अवस्था रहेको उसले स्वीकार गरेका छन् ।

गाजा पट्टीबाट इजरायलमा दर्जनौं रकेट हानिएको थियो, जसमा परी मृत्यु हुनेको संख्या १०० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ ।

आक्रमणमा पनि घाइते हुनेहरूमा नेपाली नागरिक समेत छन् । परराष्ट्र मन्त्रालयका अनुसार ९ जना नेपाली घाइते भएको पुष्टि भएको छ, जसमध्ये दुइ जनाको अवस्था गम्भीर छ ।

आक्रमणपछि हमासका दर्जनौं हतियारधारी लडाकू दक्षिणी इजरायलमा घुसेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, यो युद्ध हो र यसको मुल्य चुकाउनु पर्छ । उनले सुरक्षा प्रमुखहरुको बैठकमा घुरपैठ गर्नेहरुलाई सफाय गर्न निर्देशन दिएका छन् ।

कयौं इजरायलीलाई बन्धक बनाएर गाजा पट्टी लगिएको खबर छ ।

इजरायली डिफेन्स फोर्सस (आईडीफए)ले हमासको अखडाहरुमा जवाफी आक्रमण गरेको छ । गाजा पट्टीमा हमासको १७ अखडा र ४ हेडक्वाटरमा इजरायलले हवाई आक्रमण गरेको छ ।

विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुले आक्रमणको निन्दा गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित