पोर्चुगलमा हराइ रहेका सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिए

पोर्चुगलमा  हराइ रहेका सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिए
पोर्तुगल

लिस्बन । पोर्चुगलको राजाधानी लिस्बोनबाट गत जुन १७ तारिख देखि हराइ रहेका  सिद्दान्त गुरुङ मृत अवस्थामा  भेटिएको प्रहरीले आज जानकारी गराएको छ  ।


प्रहरीका अनुसार सोही दिन राति करिब  २२:३० बजे लिस्बनको ओरियन्तको नदीमा आफ्नो मोबाईल खसेकोले उक्त मोबाईल झिक्न ज्याकेट खोलेर नदीमा हाम्फालेको र प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उद्दार गरेर बाहिर निकाल्दा सम्म सिद्दान्तको प्राण गै सकेको थियो ।  शब पोस्टमार्टमका लागि लिस्बनको मार्तिमुनिजको  साओ जोसे हस्पिटलमा राखिएको छ ।


अदालती प्रकृया पुरा गरे पश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै  दाहसंस्कार  गरिने एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमल मान गुरुङले आफ्नो फेसबुक वाल मार्फत जनाएका छन् । 


१७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका सिद्धान्त गुरुङ ८ दिन पछि मृत अवस्थामा फेला परेका छन् । गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए।


नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग  बसोबास गर्दै आईरहेका थिए । 


गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त लगायत  सबैतिर सोधपुछ गरेका थिए। कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिएका थिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिएका थिए।


८ औं दिनपछि पोर्चुगल प्रहरीले गुरुङ मृत अवस्थामा फेला परेको जानकारी दिएको छ। गुरुङको शव पोस्टमार्टमका लागि पोर्चुगलको मार्तिमुनिजमा रहेको साओ जोसे हस्पिटलमा राखिएको छ । लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु स्तब्ध बनेको छ ।


सन् २०१० देखि हालसम्म पोर्चुगलमा विभिन्न कारणले ३७ नेपालीहरुले आफ्नो ज्यान गुमाइ सकेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित