जिमेललाई चुनौती दिंदै एक्स मेल ल्याउने तयारीमा एलन मस्क !

जिमेललाई चुनौती दिंदै एक्स मेल ल्याउने तयारीमा एलन मस्क !
www.europenepalikhabar.com २०८० फागुन १२ गते शनिबार, 24-02-2024


ईमेल सेवाको विश्व बजारमा एलन मस्क पनि प्रवेश गर्ने सम्भावना देखिएको छ । गुगलको विश्व चर्चित उत्पादन जिमेल बन्द हुने हल्लाका बीच मस्कले नयाँ ईमेल सेवा ल्याउने सङ्केत गरेका हुन् ।

जिमेल बन्द हुने सम्बन्धी मिथ्या खबर फैलिरहेको बेला एक्सका सेक्युरिटी इन्जिनियर नाथन म्याकग्रेडीले हिजो (शुक्रवार) मात्रै 'एक्समेल कहिले आउँछ' भनेर एक्समा प्रश्न गरेका थिए । उनैको पोस्टमा रिप्लाई गर्दै मस्कले एक्स मेल चाँडै आउने जनाएका हुन् । त्यसले बजारमा नयाँ ईमेल सर्भिस आउने सङ्केत मिलेको हो ।

मस्कले एक्समेल आउने उल्लेख गरेपछि मिश्रित प्रतिक्रिया आएको छ । उक्त पोस्टमा कतिपयले सकारात्मक टिप्पणी गरेका छन् कतिपयले प्रश्न जिज्ञासा सहितको प्रश्न गरेका छन् । यद्यपि मस्कले यसबारे थप कुनै जानकारी भने दिएका छैनन् । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित