परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग एनआरएनए अध्यक्ष डा. बद्री केसीबाट भेटवार्ता

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग एनआरएनए अध्यक्ष डा. बद्री केसीबाट भेटवार्ता
www.europenepalikhabar.com २०८० फागुन २५ गते शुक्रबार, 8-03-2024


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट गरेका छन् ।

शुक्रवार परराष्ट्र मन्त्रालयमा भएको भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको अभियान तथा संस्थागत विकासमा भएका प्रगतिको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी दिए ।

डा.केसीले गैरआवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयसंग विगतका दिनहरुमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीहरुले नेपालको लागि गरेको योगदानको चर्चा गर्दै आगामि दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए ।

उनले गैरआवासीय नेपालीहरुको नेपालमा प्रसस्त सम्भवना रहेको र संघको अभियानको वारेमा आफू पूर्णजानकार गरेको बताए । श्रेष्ठले सरकार र एनआरएनएबीच मिलेर काम गर्न आफु सकरात्मक रहेको बताए ।

डा. केसीले नवनियुक्त मन्त्री श्रेष्ठको कार्यकालको सफलताको लागि शुभकामना तथा बधाई दिर्दै गैरआवासीय नेपाली अभियानको समस्याको बारेमा जानकारी दिने मौका मिलेको जानकारी दिए ।

यसअघि गृह मन्त्रालय समालेका श्रेष्ठले पुर्नरगठित मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेका हुन् । उनीले विहीवार रुसी समकक्षी लाभारोभसंग रुसी सेनामा अलपत्र परेका नेपालीहरुको समस्याका बारेमा फोनवार्ता गरेका थिए । यसअघि गैरआवासीय नेपाली संघले रुसी सेनामा अल्पत्र परेका नेपालीहरुको उद्धार तथा सहयोगको लागि आग्रह गर्दै आएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित