लिस्बन, पोर्तुगल, २४ जून । पोर्तुगलमा विश्वासिलो र भरपर्दो ट्राभल्सको रूपमा चिनिएको लक्ष्मी ट्राभल्सले आफ्नो शाखा विस्तार गर्ने क्रममा राजधानी लिस्बनको मुटु मानिएको मार्तिमुनिजमा तेस्रो शाखा हिजोदेखि संचालनमा ल्याएको छ ।
प्रतिकुल अवस्था पनि शाखा संचालनमा ल्याइएको र कम्पनीले अझ गुणस्तरीय सेवा दिने कम्पनीका एक संचालक बिक्रमजंग कुँवरले बताए । यस शाखाका संचालक बिक्रमजंग कुँवर र विशाल आचार्य रहेका छन् । शुभारम्भ कार्यक्रममा पर्यटनदुत रमेशकुमार गुरुङ, एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरे लगायत पोर्तुगलका सामाजिक व्यक्तित्व र ब्यबसायीहरुको जमघट रहेको थियो ।
मुख्यत: पोर्तुगलमा रहेका नेपाली र दक्षिण एसियाली मुलुकका मानिसहरुका लागि ट्राभल्स, टुर्स, टिकेटिङ, मनि ट्रान्सफरका लागि सुपरिचित, विश्वासिलो र भरपर्दो यस ट्राभल्सले तुलनात्मक रूपमा सुपथ मुल्यमा हवाई टिकट बिक्री वितरण गर्नेमा अग्रणी मानिन्छ ।
मुख्य कार्यालय लिस्बनको आरोइसमा रहेको कम्पनीको शाखा कार्यालय अलेन्तेजु, आरोइस र मार्तिमुनिज रहेका छन् ।
लक्ष्मी ट्राभल्सले लिस्बनमा नेपालीहरुको सबैभन्दा पायक पर्ने स्थानमा शाखा विस्तार गरेकोमा सेवाग्राहीहरुले पनि खुशी व्यक्त गरेका छन् ।
FOUNDER/CHIEF EDITOR :