पत्रकार महासङ्घको कार्यकाल छ महिना थपियो

पत्रकार महासङ्घको कार्यकाल छ महिना थपियो
युनेख - ENKhabar २०७७ भदौ ३, 19-08-2020


नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कार्यकाल छ महिना थपिएको छ।

आज बसेको महासङ्घ बैठकले कार्यकाल थप गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुन लागेकोमा कोरोना महाव्याधीको जोखिमका कारण तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको हो।

कोरोना संक्रमणको त्रास र श्रमजीवी पत्रकारको आर्थिक अवस्थाबारे भेलामा प्राप्त रायका आधारमा महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भदौ मसान्तसम्म थप हुनेछ।

शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समिति समक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समिति समक्ष पेश गरी केन्द्रमा अभिलेख राख्नुपर्नेछ।

२०७७ फागनु ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित