नेपालमा अहिलेसम्म ७१ पत्रकार कोरोना संक्रमित (महासंघको वक्तव्य सहित)

नेपालमा अहिलेसम्म ७१ पत्रकार कोरोना संक्रमित (महासंघको वक्तव्य सहित)
युरोपनेपाली खबर २०७७ भाद्र १२, 28-08-2020


युरोप नेपाली खबर, युरोप ।

कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेकाे छ ।

नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन् ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिमबाहेक बाँकी ६ वटा प्रदेशका ७१ जना सञ्चारकर्मी संक्रमित भएको उल्लेख छ ।

संक्रमित हुनेमा प्रदेश १ का १३ जना पत्रकार छन् । त्यसमध्ये मोरङ जिल्लाका मात्र १२ जना र अर्का एकजना उदयपुरका हुन् । 

प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । त्यसमा पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एकजना रहेको महासंघले जनाएको छ । 

बागमती प्रदेशमा काठमाडौंका नौ र ललितपुरका दुई गरी ११ जना पत्रकार संक्रमित भएका छन् । 

त्यसैगरी गण्डकी प्रदेशमा नवलपुरका सात र कास्कीका एक गरी आठजना पत्रकार संक्रमित भएका छन् । 

प्रदेश ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका ६ र रुपन्देहीका दुईजना संक्रमित भएको महासंघले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली प्रदेशको दैलेख जिल्लाका एकजना संक्रमित भएका छन् ।

संक्रमितमध्ये केही निको भएको र केही उपचारकै क्रममा रहेको महासंघले जनाएको छ । 

संक्रमणको विषम परिस्थितिमा अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय भएको उल्लेख गर्दै फिल्डमा खटिने सञ्चारकर्मीहरूको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न महासंघले सरकारसँग माग गरेको छ । 

महासंघले स्वास्थ्य सुरक्षाका सबै उपायहरू अवलम्बन गर्दै काम गर्न आमपत्रकार र सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् । जसमा केही पत्रकार महिलामा समेत सक्रमण देखिएको छ । महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।

जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् ।

त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन् ।

यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् ।

प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

संक्रमितमध्ये केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेका छन् । महासंघ उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय छ । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

साथै, महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गर्दछ ।

रमेश विष्ट

महासचिव

मिति : २०७७।०५।१२

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित