सगुनसंग यी प्रश्नहरुको के छ उत्तर ?

सगुनसंग यी प्रश्नहरुको के छ उत्तर ?
तस्वीर : सगुन फेसबुक पेज
युरोपनेपाली खबर 06-09-2020


१) कम्पनीले ३० डलरको शेयर तोक्ने आधार के हो ?

२) अहिलेसम्म कति रकम उठ्यो ? कहाँ कहाँबाट कुन कुन मुलुकबाट रकम संकलन भयो,  त्यसको हिसाब किन सार्वजनिक गरिदैन ?

३) अहिलेसम्म शेयर किन्ने शेयरहोल्डरले कति साँवा ब्याज फिर्ता पाए ?

४) अहिलेसम्म कतिले शेयरको मुनाफा पाए ? 

५) किन नेपालको सरकार धितो पत्र बोर्डले सगुनलाई  नेपालमा कारोबार गर्न ब्यान्ड गर्यो ?

६) किन बाहिर मुलुकबाट रकम अमेरिका पुर्याउन हुन्डि जस्तो अबैध माध्यम अप्नाइयो ?

७) शेयर होल्डरको रकम नेपालको राजनितिक दललाई चुनाव खर्च दिनु पर्ने आवश्यकता किन पर्यो ?

८) २००६ साल देखि २०२० सम्मको १४  बर्षे अवधिमा किन कुनै कमाइ हुन सकेन​ ?

९) नेपाली बाहेक अन्य मुलका मानिसले किन सगुनको शेयर किनेनन​ ?

१०)  शेयर बेचबिखन गर्न किन नपाउने ?

११) बेच्नु पर्दा शेयर होल्डर आफैले किन खरिदकर्ता खोज्नु पर्ने ?

१२) खरिदकर्ता पाएमा पनि किन ग्यारेन्टी छैन ?

१३) सगुन अमेरिकाभन्दा बाहिरी मुलुक​हरु अरब, कोरिया लगायत तिर मात्र किन शेयर बेच्ने तार्गेट ?

१४) सगुनको बिधि, निति र शेयर होल्डरको अधिकार लगायतका कुराहरूमा किन अस्पष्टता र गोलमाल ?

१५)  सगुनले किन आफ्ना शेयर होल्डरहरुलाइ  सोध्ने र आफ्नो रकमको पारदर्शिता खोज्ने अधिकारबाट बन्चित गर्दछ ?

१६)  सगुनको आर्थिक प्रतिबेदन​, कर दाखिलामा किन अपारदर्शीता ?

१७) सगुनका संस्थापकहरुले  किन उठेको रकम मनखुशीले खर्च गर्न पाउने अधिकार आफैमा राखे ?

१८) सगुनमा किन आफ्ना शेयरहोल्डरहरुको मतलाई  इन्कार गर्ने काम हुन्छ ?

१९) सगुनले भनेको जति रकम उठ्ने संकेत देखिदैन त्यसकारण  तलब, भत्ता, हिडडुल,खानपिन  र कार्यालय चलाउनका लागि मात्रै किन दिने रकम​ ?

२०) १४ बर्षसम्म घाटामा चलेको संस्थाको प्रशासनिक​ र आर्थिक नियत के हो ?

२१) सगुन बन्द भ​एको दिन शेयरहोल्डरको रकम उसले तिर्नु पर्दैन, नियम यस्तै बनाइएको छ । 

२२) कम्पनीबाट शेयरमूल्य वापतको रकम फिर्ता हुने कुनै आधार र गुन्जायस देखिदैन भने के विश्वासमा सगुनमा लगानी गर्ने ? 

यी यक्ष प्रश्नहरुको सफाचट उत्तर नपाउन्जेल सगुन कुनैदिन बैगुनमा परिणत हुने सम्भावना पनि उत्तिकै टड्कारो देखिन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित