गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय बैठक तथा ज्ञान सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय बैठक तथा ज्ञान सम्मेलन सम्पन्न
युरोपनेपाली खबर २०७७ भदौ २२, 07-09-2020


गैरआवासीय नेपाली संघ (एनअरएनए) अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय बैठक तथा ज्ञान सम्मेलन सम्पन्न भएको छ।

सेप्टेम्बर ४, ५ र ६, २०२० मा आयोजना गरिएको क्षेत्रीय बैठकको अन्तिम दिन एक प्रेसमीटको आयोजना गर्दै कार्यक्रम सम्पन्न गरिएको हो। प्रेसमीटमा संघका अध्यक्ष कुमार पन्त, महासचिव डा हेम राज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र क्षेत्रीय संयोजक राजन त्रिपाठी लगायतका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो। प्रेसमीटमा युरोप, बेलायत, क्यानाडा र अमेरिकाका पत्रकार-संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

सेप्टेम्बर ४ मा नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली प्रमुख आतिथ्यमा उद्घाटन गर्दै सुरु भएको बैठक विभिन्न फोरमहरुको संचालन गर्दै सम्पन्न भएको छ। उद्घाटनमा बिशेष अतिथिको रुपमा र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण, अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि महामाहिम राजदूत भृगु ढुंगाना र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त हुनुहुन्थ्यो।

जुम प्रबिधिबाट क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजनमा संचालन गरिएको सो बैठकको होष्ट कन्ट्री एनअरएनए एनसीसी क्यानाडा रहेको थियो।

बैठकका प्रमुख फोरमहरुमा एनअरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्रि के सी, महासचिव डा हेम राज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठको प्रस्तुति रहेको थियो। बिशेषगरि उहाँहरुले संघका नयाँ नीति तथा ब्यबस्थाका कुरा प्रवेश गराउने र त्यसबारे जानकारी दिने काम गर्नुभएको थियो।

त्यसैगरी नागरिकताको निरंतरता र सम्पति संबन्धि अधिकारको फोरममा नेपाल सरकारका कृषिमन्त्री घनश्याम भुसाल, सभासद गगन थापा लगायतका राजनैतिक नेताहरुको समेत उपस्थिति रहेको थियो। यसबाहेक इमिग्रेशन, मिडिया, भाषा, कला-साहित्य, उद्योग-ब्यापार जस्ता बिषयमा पनि फोरमहरु सम्पन्न भए।

यो पटक धेरै फोकस गरिएको ज्ञान सम्मेलनमा थुप्रै बिषयहरु प्रस्तुत गरिए। ती बिषयमा नेपाल सरकारका बिभिन्न निकायका प्रमुख प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। सम्मेलनमा प्राप्त कार्यपत्रहरुलाई एकमुष्ठ रुपमा संग्रह गरि तयार स्वेतपत्र संघको अन्तराष्टिय परिषद मार्फत नेपाल सरकारलाइ पठाउने कार्य गर्ने जानकारी समेत दिइएको छ।

कार्यक्रमको अन्तममा क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले तीन दिन सम्म संचालित कार्यक्रममा सहभागी, सहयोगी, सपोर्ट, संचार र सबैलाई घन्यवाद ज्ञापन गर्दै काम दौरानमा कतिपय घटिकमिका वाबजुद पनि कार्क्रम सपन्न भएकोमा खुशी व्यक्ति गर्नुभयो। यस दौरानमा पुग-नपुक कुराहरु आगामी दिनमा सिक्दै, सुधार्दै जाने कुरा पनि उल्लेख गर्नुभयो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित