पोर्चुगलमा कोरोना संक्रमण दर उच्च रूपमा वृद्धि

पोर्चुगलमा कोरोना संक्रमण दर उच्च रूपमा वृद्धि
युरोपनेपाली खबर 11-09-2020


युरोपनेपाली खबर, लिस्बन । पछिल्लो २४ घण्टामा कोरोनाका ६८७ संक्रमित फेला परेका छन् भने ३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरुमा २ जना लिस्बनमा र एक जना अल्गार्भमा रहेका छन्।

पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्यामा पछिल्लो दुई सातादेखि निरन्तर वृद्धि भईरहेको छ। यही साता मात्रै पछिल्लो ४ महिनादेखिको नयाँ संक्रमितहरुको संख्या वृद्धिमा उच्च रेकर्ड बन्यो ।

पोर्चुगलमा महामारी शुरु भएयता संक्रमितहरुको कुल संख्या ६२ हजार ८१३ पुगेको छ।

सक्रिय संक्रमितहरुमध्ये ४०४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। ५४ जना आइसियुमा रहेका छन्।

हालसम्म उपचार पश्चात् निको हुनेको संख्या ४३ हजार ६४४ पुगेको छ। पोर्चुगलमा अझै पनि १९ हजार १६९ जना कोरोनाक सक्रिय बिरामी छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित