नेपालमा १ सय २ जना पत्रकार संक्रमित : नेपाल पत्रकार महासंघ

नेपालमा १ सय २ जना पत्रकार संक्रमित : नेपाल पत्रकार महासंघ
युरोपनेपाली खबर २०७७ भदौ २९, 14-09-2020


नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उहाँको भनाइ छ । कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी सङ्क्रमण देखिएको छ ।

महासङ्घका महासचिव रमेश विष्टले सङ्क्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताउनुभयो ।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित