बेलायती राजदूत निकोलाद्वारा व्यवसायीसंग अन्तरक्रिया, प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान लगायत सहभागी

बेलायती राजदूत निकोलाद्वारा व्यवसायीसंग अन्तरक्रिया, प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान लगायत सहभागी
युरोपनेपाली खबर २०७७ असोज १२, 28-09-2020


लिस्बन, पोर्चुगल ।  नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र नेपाल स्थित बेलायती व्यवसाय प्रतिनिधिहरु बीच उपयोगी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 'व्यापार तथा लगानी' को प्रबर्धनका निमित्त  बेलायती व्यवसायहरु प्रतिको साथलाई  निरन्तरता दिने र  कोविड १९ ले विभिन्न चुनौतीका साथै नौला अवसर पनि सृजना गरेको बारेमा चर्चा भएको थियोे ।

र्भचुअल माध्यवाट सोमवार आयोजित सो कार्यक्रममा नेपालस्थित बेलायती व्यवसायी, नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थित रहेको बताएको छ ।

नेपालमा व्यापार तथा लगानीको प्रबर्धनका निमित्त बेलायती लगानीकर्ताहरुलाई दूतावासले प्रोत्सान गर्न उदेश्यले सो कार्यक्रमको निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा ‘कोभिड १९’ ले पारेको प्रभाव, चुनौती तथा अवसर, नेपाल वेलायतबीचको व्यापार सम्वन्ध लगायतका विषयमा छलफल भएको उद्योगपति राजेन्द्र खेतानले जानकारी दिए ।

अन्तरक्रियामा काठमाडौका लागि अवैतनिक पोर्चुगिस बाणिज्यदुत तथा नेपालका प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान लगायत  १ दर्जन भन्दा बढी व्यवसायीको सहभागिता थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित